फ्रान्सको लियोंलाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमीफाइनलमा
शुक्रबार, ०५ वैशाख २०८२, ०५ : २२
काठमाडौं । फ्रान्सको लियोंलाई हराउँदै इंग्लिश क्लब म्यान्चेस्टर युनाइटेड युरोपा लिगको फेमीफाइनलमा पुगेको छ । क्वार्टरफाइनल दोस्रो लेगमा ५-४ को संघर्षपूर्ण जित निकालेको युनाइटेडले समग्रमा ७-५ को अन्तरले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
यसअघि पहिलो लेगमा म्यानयुले २-१ को जित निकालेको थियो । घरेलु मैदानमा बिहीबार राती म्यानयुलाई जिताउन म्यानुअल उर्गाट, डिओगो डालोट, ब्रुनो फर्नान्डिस, कोबी मेनु र ह्यारी माइगुरेले गोल गरे ।
लियोंका कोरेंटिन टेलिसो, निकोलस ट्यागलियाफिको, रेयान चेर्की र एलेक्जेन्डर लाकाजेट्टीले गोल फर्र्काए । ७१ औं मिनेटमा गोल गरेका टेलियो ८९ मिनेटमा दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पाहुना टोली दबाबमा परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण