युरोपा लिगको सेमीफाइनल समीकरण पुरा : को-को पुगे अन्तिम चारमा ?
काठमाडौं । स्कटल्याण्डको रेन्जर्सलाई हराउँदै स्पेनको एथ्लेटिक बिल्बाओ अर्तात् उथ्लेटिक क्लब युरोपा लिगको सेमीफाइनलमा पुगेको छ । पहिलो लेगमा गोलरहित बराबरी खेलेको एथ्लेटिक बिल्बाओले दोस्रो लेगमा रेन्जर्सलाई २-० ले पछि पार्दै अन्तिम चारमा ठाउँ बनायो ।
घरेलु मैदानमा बिल्बाओलाई जिताउन ओइहान सान्सेट र निको विलियम्सले गोल गरे । बिल्बाओले रेन्जर्सको सेमीफाइन पुग्ने सपना मात्रै भङ्ग गरेन घरेलु मैदानमा टुर्नामेन्ट जित्ने आफ्नो दृढतालाई कायम राख्यो ।
यस्तै, युरोपा लिगको अन्तिम चारमा पुग्ने अन्य टोलीको पनि निधो भएको छ । जर्मनीको आइन्ट्राच्ट फ्र्यान्कफर्टलाई पछि पार्दे इंग्लिश क्लब टोटनह्याम हट्स्पर पनि युरोपा लिगको सेमीफाइनल पुगेको छ भने इटालीको लाजियोलाई पेनाल्टी सुटआउटमा पछि पार्दै नर्वेको बोडो ग्लिम्ट अन्तिम चारमा पुगेको छ ।
पहिलो र दोस्रो लेगका दुबै नतिजा जोड्दा दुबै ३-३ को बराबरीमा उभिएपछि निर्णय टाइब्रेकरमा गएको हो । उता, फ्रान्सको लियोंलाई हराउँदै इंग्लिब क्लब म्यान्चेस्टर युनाइटेड अन्तिम चारमा पुगेको छ । यो सँगै युरोपा लिगको सेमीफाइनल समीकरण पूरा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण