विज्ञापन बोर्डको अध्यक्षका लागि आवेदन आह्वान
शुक्रबार, ०५ वैशाख २०८२, ०८ : ५३
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको छ ।
आज एक सूचना प्रकाशित गर्दै मन्त्रालयले योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्ने जानकारी दिएको हो ।
आवेदन दरखास्त पेस गर्ने अन्तिम दिनसम्म उमेर ३५ वर्ष पूरा भएको, आमसञ्चार, कानुन, विज्ञापन वा व्यवस्थापन विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको र सो क्षेत्रमा कम्तीमा दस वर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित मन्त्रालयमा दरखास्त पेस गर्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण