अमेरिकी विशेष दूतले रुसी कथा फैलाइरहेको जेलेन्स्कीको आरोप
किभ । अमेरिकाका लागि विशेष दूत स्टिभ विटकफले रुसी न्यारेटिभ फैलाइरहेको आरोप युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगाएका छन् । फक्स न्युजसँगको हालैको अन्तरवातार्मा विटकफले भनेका थिए कि रुस र युक्रेनबिचको युद्ध पाँच क्षेत्रहरूमा निर्भर रहेको र यीमध्ये धेरैजसो रुसले ओगटेको भनेका थिए ।
विटकफले हालै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग करिब पाँच घण्टासम्म चलेको बैठकपछि यो कुरा बताएका हुन् । ‘मलाई लाग्छ विटकफले रुसी पक्ष लिने रणनीति अपनाएका छन्,’ जेलेन्स्कीले भनेका थिए ।
‘यो साँच्चै खतरनाक छ किनकि जानाजानी वा अनजानमा उसले रुसी कथा फैलाइरहेका छन्,’ उनले भने । विट्कफले पूर्वी युक्रेनको जापोरिजिया, डोनेट्स्क, खेरसन र लुहान्स्कतर्फ इंगित गरेका थिए ।
यी क्षेत्रका अधिकांश भाग रुसको नियन्त्रणमा छ । पाँचौँ क्षेत्र क्रिमिया हो, जुन २०१४ मा रुसले कब्जा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण