बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय

राष्ट्रपति सीसँग कुरा गर्न तयार छन् ट्रम्प, को पहिला झुक्ला ?

शुक्रबार, ०५ वैशाख २०८२, १० : ५९
शुक्रबार, ०५ वैशाख २०८२

वासिङटन डीसी । अमेरिकाले चीनसँग व्यापार युद्ध सुरु गरेको छ । यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार अमेरिका र चीनबिचको कर युद्ध अन्त्य हुनसक्ने संकेत गरेका छन् ।

यहि हप्ता अमेरिकाले चीनबाट आयात हुने सामानमा भन्सार महसुल बढाएर २४५ प्रतिशत पुर्याएको समयमा ट्रम्पको यो बयान आएको हो ।  उपभोक्ताहरूलाई किनमेल गर्नबाट निरुत्साहित गर्न सक्ने भन्दै आफूले थप ट्यारिफ बढाउन नचाहेको ट्रम्पले भनेका थिए ।

टिकटकको भविष्यबारे सम्झौता हुने सम्भावना पनि उनले व्यक्त गरेका छन् । ट्रम्पको यस भनाइबाट यस्तो लाग्दैछ कि व्यापार युद्धको कारण अन्ततः अमेरिकाले नै नोक्सान भोग्ने भन्ने कुरा ट्रम्पले बुझेका छन् । 

ट्यारिफ युद्ध अन्त्य हुनसक्छ तर पहिले चीनले पहल गर्नुपर्छ भनेर अमेरिकाले भन्दै आएको छ । तर, चीनभन्दा अघि ट्रम्प आफैँले ट्यारिफ युद्ध अन्त्य गर्नेबारे बयान दिएका छन् ।

‘त्यसैले, म चाहन्न कि महसुल अरु बढोस्, वा म त्यो स्तरसम्म जान पनि चाहन्न । म ट्यारिफ कम नै राख्न चाहन्छु किनकि हामी चाहन्छौँ कि मानिसहरूले सामान किनुन् । तर ट्यारिफका कारण एउटा निश्चित बिन्दुमा मानिसहरूले सामान किन्नै बन्द गर्नेछन् । म ट्यारिफ कम होस् भन्ने चाहन्छु ताकि मानिसहरूले खरिद गरिरहन सकुन’ ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने । 

वार्ताका लागि तयार छ चीन  

ह्वाइट हाउसको तथ्यपत्र अनुसार ‘७५ भन्दा बढी देशहरूले नयाँ व्यापार सम्झौतामा छलफल सुरु गरेका छन् । यही कारणले गर्दा ट्रम्पले चीनबाहेक सबै देशमाथि लगाइएको ट्यारिफ ९० दिनका लागि रोकेका छन् ।

अमेरिकाले जस्तो गर्यो आफूले पनि त्यस्तै गर्दै चीनले अमेरिकी सामानमा अतिरिक्त भन्सार महसुल बढाएपछि हप्ताको सुरुमा ट्रम्पले चिनियाँ सामान माथिको अतिरिक्त महसुल बढाएर २४५ प्रतिशतमा पुर्याएका थिए ।

चीनको विदेश मन्त्रालयले वासिङ्टनसँग टकराव नचाहेको तर चुप लागेर पनि नबस्ने भनेको छ । ट्रम्पले सम्मान देखाएमा चीन वार्ताको लागि तयार रहेको मन्त्रालयको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?