कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले दिए राजीनामा
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट डा.गुणाकर भट्टले राजीनामा दिएका छन् ।
राष्ट्र बैङ्कको १८ औँ गभर्नर बन्ने प्रतिस्पर्धामा रहेका भट्टले गभर्नर नियुक्तका लागि उच्च राजनीतिक नेतृत्वबाट सकारात्मक सङ्केत पाएपछि शुक्रवार कार्यकारी निर्देशकबाट राजीनामा बुझाएका हुन् ।
डा.भट्टले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएको बताए । उनले गभर्नर नियुक्तिमा राजीनामा दिनु पर्ने भएकाले राजीनामा दिएको पनि बताए ।
डा. भट्टले भने,‘ गभर्नरका लागि कार्यकारी निर्देशकबाट राजीनामा दिनु पर्ने भएकाले मैले आज राजीनामा दिए । अन्य अब प्रक्रिया हेर्नुपर्छ ।’
राष्ट्र बैङ्कको बहालवाला कार्यकारी निर्देशकलाई गभर्नर नियुक्त गर्ने विषयमा कानुनी अन्यौलता देखिएको छ । कानुनी अन्यौलतासँगै भट्टले उच्च राजनीतिक नेतृत्वबाट गभर्नर बनाउने पक्का भएसँगै राजीनामा दिएका छन् । अब बस्ने मन्त्रिपरिषद्को बैठकले डा.भट्टलाई गभर्नर नियुक्ति गर्ने निश्चित जस्तै भएको छ ।
गत बुधबार सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबिच गभर्नरको भागवण्डा टुङ्गिएको छ । गभर्नर काँग्रेसको भागमा पर्ने गरी भागबन्डा टुङ्गिएपछि भट्टले राजीनामा दिएका छन् ।
राष्ट्र बैङ्कमा दुई कार्यकारी निर्देशकको राजीनामा, स्वीकृत हुन बाँकी
गभर्नर नियुक्ति प्रक्रिया अन्तरिम तयारीमा पुगेसँगै राष्ट्र बैङ्कका बहालवाला दुई कार्यकारी निर्देशकले राजीनामा दिएका छन् । नयाँ गभर्नरको दौडमा रहेका डा. प्रकाश श्रेष्ठ र डा. गुणाकर भट्ट दुवैले राजीनामा दिएका छन् ।
डा.श्रेष्ठले केही समय अघि नै राजीनामा दिएका थिए । तर भट्ट र श्रेष्ठ दुवैको राजीनामा भने स्वीकृत भएको छैन । नयाँ गभर्नरमा दुवै जना दाबेदार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण