सिल्भर फोइलले बेरिएर, कन्टेनरमा बसेर विदेश जान लागेका थिए यी सात व्यक्ति
विदेश जाने इच्छा धेरैलाई हुन्छ । यसका लागि कतिले वैधानिक तरिका अपनाउँछन् त कतिले अचम्मको अवैधानिक तरिका अपनाउने गर्दछन् । यस्तैमा इराकका मानिसहरुले टर्की पुग्नका लागि एक अचम्मको तरिका अपनाएका छन् ।
स्मरण रहोस्, इराकमा अमेरिकी हमला र आइएसआइएसको उदयपछि इराकको स्थिती नाजुक छ । यस्तोमा थुप्रै मानिसहरु इराक छोडेर अन्य देश जाने कोसिसमा छन् ।
इराक छोडेर अन्य देश जाने मानिसहरुका लागि सबैभन्दा उत्कृष्ट गन्तव्य टर्की हो किनभने यहाँबाट युरोप जान पनि निकै सजिलो हुन्छ । यद्यपी, कानूनी तरिकाले इराकीलाई टर्कीमा प्रवेश पाउन त्यति सजिलो छैन । त्यसकारण मानिसहरु गैरकानूनी तरिकाले प्रवेश गर्ने कोसिस गर्छन् ।
त्यसकारण इराकका सात व्यक्ति टर्कीमा प्रवेशका लागि आफूलाई एल्मुनियम फोइलले पूर्ण रुपमा ढाकेर शिपिंग कन्टेनरभित्र बसे ।
तर उनीहरुको योजना पूर्ण रुपमा असफल भएको छ । डेली मेलका अनुसार टर्कीको इस्तान्बुलको पेन्डिंक पोर्टमा यो लरीको अनुसन्धान गरियो । कन्टेनरको तौल कागजातमा लेखिएको तौलभन्दा धेरै भएपछि अधिकारीलाई शंका लाग्यो जसका कारण कन्टेनर खोलेर अनुसन्धान गरियो ।
कन्टेनर खोल्दा यी इराकी सिल्भर फोइलले बेरिएको अवस्थामा भेटिए । लरी ड्राइभरसहित सबैलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण