अर्शदीपको नाममा नयाँ रेकर्ड
बैंगलुरु । इन्डियन प्रिमियर लिग (आईपीएल) को ३४ औँ खेलमा पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई ५ विकेटले पराजित गरेको छ। चिन्नास्वामी रंगशालामा वर्षाका कारण शुक्रबार रातिको खेल १४-१४ ओभरमात्र खेलाइएको थियो।
पहिले ब्याटिङ गर्दै बैंगलुरुले ९ विकेट गुमाउँदै ९५ रन बनाएको थियो। पञ्जाबले १२.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य हासिल गर्यो। खेलमा अर्शदीप सिंहले ३ ओभर बलिङ गर्दै २ विकेट लिए । योसँगै उनी आईपीएलमा पञ्जाबका लागि सर्वाधिक विकेट लिने खेलाडी बने।
उनले अहिलेसम्म ८६ विकेट लिएका छन्। उनीभन्दा अगाडि यो रेकर्ड पियुष चावलाको नाममा थियो। पञ्जाबका लागि उनले ८४ विकेट लिएका छन् । त्यसपछि सन्दीप शर्मा (७३ विकेट), अक्षर पटेल (६१ विकेट) र मोहम्मद शमी (५८ विकेट) रहेका छन् ।
त्यस्तै रजत पाटीदारले पनि आईपीएलमा सबैभन्दा छिटो १००० रन बनाउने भारतीय ब्याट्सम्यानको सूचीमा आफ्नो नाम पनि थपेका छन्। पाटीदार रेकर्डमा दोस्रो स्थानमा छन् । उनले ३० इनिङ्समा यो उपलब्धि हासिल गरेका छन्।
पहिलो नम्बरमा साई सुदर्शन छन् । उनले यो उपलब्धि केवल २५ इनिङ्समा हासिल गरे, जुन कुनै पनि भारतीय ब्याट्सम्यानको लागि सबैभन्दा छिटो हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण