रोकियो वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल सुरु गर्ने तरखर (तस्बिरहरू)
काठमाडौँ । काठमाडाैँकाे मुलपानी क्षेत्रमा वर्षा रोकिएपछि नेपाल र अफगानिस्तानबिचको खेल सुरु गर्ने तरखर गरिएको छ । वर्षा रोकिएपछि पनि मैदान सुक्न केही समय लाग्ने भएकोले खेल सुरु हुन ढिलाइ भएको थियो ।
अर्को वर्ष आयोजना हुने आईसीसी यू–१९ पुरुष एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पक्का गर्ने लक्ष्यसहित दुई बलिया टोली नेपाल र अफगानिस्तान आज आपसमा भिड्न लागेका हुन् । तल्लो मुलपानी मैदानमा बिहान ९ः३० बजे सुरु हुने कार्यतालिका रहे पनि वर्षाका कारण खेलमा विलम्ब भएको हो ।
यो खेलमा विजयी हुने टोलीले सन् २०२६ मा आयोजना हुने आईसीसी यू–१९ विश्वकपमा स्थान पक्का गर्नेछ । जारी छनोट प्रतियोगितामा सहभागी अन्य तीन टोली संयुक्त अरब इमिरेट्स (यूएई), ओमान र हङ्कङ चाइना भने यसअघि नै बाहिरिइसकेका छन् ।
जारी छनोट प्रतियोगितामा नेपाल र अफगानिस्तान दुवै टोलीले आफ्ना सबै खेल जितेका छन् । तीन खेलबाट ६ अंक बटुलेको अफगानिस्तान तालिकाको पहिलो स्थानमा आसिन छ । समान तीन खेलबाट ६ अंक नै बटुलेको नेपाल तालिकाको दोस्रो स्थानमा छ ।
_kVzCLJ3clB.jpg)
_ZN00VapYJD.jpg)
_n1KjDm6Yoe.jpg)
_wN0V8YorL5.jpg)
_TjMPw6QmRM.jpg)
_wN8RzcvqY0.jpg)
_pYlz6ICQeH.jpg)
_wr62vpLJrs.jpg)
_sdmd3dMwYx.jpg)
_gwjjSugCBH.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको मृत्यु
-
आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन रास्वपाको निर्देशन
-
संसदीय समितिमा उद्योगमन्त्रीकाे आलाेचना
-
सामान्य अंकले घट्यो सेयर बजार, ३ अर्ब ४१ करोडमाथिको कारोबार
-
सालक संरक्षणमा सामुदायिक वन
-
यस्तो छ अख्तियारले आरजु देउवाको घरमा टाँसेको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण