शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय
आईसीसी यू–१९ विश्वकप छनोट क्रिकेट

रोकियो वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल सुरु गर्ने तरखर (तस्बिरहरू)

शनिबार, ०६ वैशाख २०८२, १२ : ०४
शनिबार, ०६ वैशाख २०८२

काठमाडौँ । काठमाडाैँकाे  मुलपानी क्षेत्रमा वर्षा रोकिएपछि नेपाल र अफगानिस्तानबिचको खेल सुरु गर्ने तरखर गरिएको छ । वर्षा रोकिएपछि पनि मैदान सुक्न केही समय लाग्ने भएकोले खेल सुरु हुन ढिलाइ भएको थियो । 

अर्को वर्ष आयोजना हुने आईसीसी यू–१९ पुरुष एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पक्का गर्ने लक्ष्यसहित दुई बलिया टोली नेपाल र अफगानिस्तान आज आपसमा भिड्न लागेका हुन् ।  तल्लो मुलपानी मैदानमा बिहान ९ः३० बजे सुरु हुने कार्यतालिका रहे पनि वर्षाका कारण खेलमा विलम्ब भएको हो । 

यो खेलमा विजयी हुने टोलीले सन् २०२६ मा आयोजना हुने आईसीसी यू–१९ विश्वकपमा स्थान पक्का गर्नेछ । जारी छनोट प्रतियोगितामा सहभागी अन्य तीन टोली संयुक्त अरब इमिरेट्स (यूएई), ओमान र हङ्कङ चाइना भने यसअघि नै बाहिरिइसकेका छन् । 

जारी छनोट प्रतियोगितामा नेपाल र अफगानिस्तान दुवै टोलीले आफ्ना सबै खेल जितेका छन् । तीन खेलबाट ६ अंक बटुलेको अफगानिस्तान तालिकाको पहिलो स्थानमा आसिन छ । समान तीन खेलबाट ६ अंक नै बटुलेको नेपाल तालिकाको दोस्रो स्थानमा छ । 

mulpani rain (2)mulpani rain (3)mulpani rain (4)mulpani rain (5)mulpani rain (6)mulpani rain (7)mulpani rain (8)mulpani rain (9)mulpani rain (10)mulpani rain (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप