चमत्कारी उपदेशक

एक बडेमाका विद्वान् विद्वताको उच्च आसनमा बसेर अर्तीउपदेशका कुरा कथुर्दै थिए । उनको सामुन्ने शान्त भावले बसिरहेको उनको श्रोता चुपचाप सुनिरहेको थियो । श्रोताको अटुट मौन देख्दा उपदेशक औधी उत्साहित भए– ‘अहा ! यसले कति एकाग्र चित्तले मेरा सत्य–बचन सुनिरहेछ ! अहो ! यो कति मन्त्रमुग्ध ! यो कति शान्त ! जिज्ञासाको अतल गहिराइमा डुबेको यसको मुद्रा कति गम्भीर !’
‘हामीले अरुका मनको भाव बुझ्न सक्नुपर्छ, ‘उपदेशकले स्वरमा चिल्लो घस्दै भने, ‘अरुका मनमा पसेर तिनका सुखदुख तिनकै मुखले भनेझैँ भन्न सक्नुपर्छ ।’
श्रोता ढुङ्गाको मूर्तिझैँ बसिरहयो– अटल, अचल ।
उपदेशको एकफेरो मारेर विद्वान्ले श्रोतातिर शिर झुकाउँदै भने, ‘बुझ्नु भो ?’ तैपनि श्रोताको अटल मौन भङ्ग भएन । उपदेशक झन् उत्साहित भए । उनले ठाने– ‘श्रोता मेरा अमृत–वचनको रस पिउँदै ज्ञानको मनोहर संसारमा मग्न छ ।’ उपदेशको दोस्रो फेरो मारिसकेर विद्वान्ले श्रोतासँग सोधे, ‘बुझ्नु भो, हकि ?’ श्रोताको अटल मौन अझै भङ्ग भएन । उपदेशक झन्–झन् जोशिए । उसले ठाने– ‘मेरो ज्ञान–लहरीको नशामा श्रोता लठ्ठ छ । कस्तो अपूर्व एकाग्रता ! कति निर्लिप्त भाव !’
उपदेशको तेश्रो फेरो मारेर अति प्रसन्न स्वरमा विद्वान्ले सोधे, ‘मेरो भनाइ बुझ्नु भो, हकि ?’
लामो बसन्ते खडेरीपछि धपक्क घाम लागिरहेको बेला एक्कासि मेघ गर्जेझैँ श्रोताको मौन टुट्यो, ‘अहँ, बुझिनँ ।’
विद्वान् हर्षले गद्गद् भए । अपार हर्षको त्यस घडीमा उल्लासपूर्वक उनले सोचे– ‘धन्य हो तेरो वाक्चातुर्य । उपदेशको अर्को फेरो मार्न पाउने भइस् ।’
‘हैन, के बुझ्नु भएन ?’ विद्वान्ले विद्वतायुक्त मुस्कानसाथ सोधे ।
श्रोताले उस्तै गम्भीर स्वरमा भन्यो, ‘तपाईंले उपदेशको फेरो मारेइपिच्छे मलाई ‘बुझिस्’ ‘बुझिस्’ भन्दै केरकार गर्नु भो । आश्चर्य लाग्छ, पुलिसको बर्दी नलगाई मसित पुलिसको व्यवहार गर्ने आँट तपाईंलाई कसरी आयो ? नबुझेको तेस्रो कुरा यो हो ।’
‘मैले तीनोटा कुरा बुझिनँ ।’ गम्भीर मुद्रामा श्रोताले भन्यो ।
‘तीनोटा कुरा,‘ विद्वता प्रकट गर्दा पाइने असीम आनन्दबारे गम्दै विद्वान्ले मनमनै गुने, ‘एउटा कुरा सुनाउँदा यस मूर्खले तीनोटा कुरा बुझेनछ । अब तिन्तियाँ नौ फेरो उपदेश दिन पाइने भो ।’
‘कुन–कुन तीनोटा कुरा बुझ्नु भएन ज्यू ?’ उपदेशकले आँखामा चमक र स्वरमा पाइन भर्दै सोधे ।
‘माफ गर्नुहोला ।’ श्रोताले तीखा आँखाले विद्वान्लाई एकटकले हेदैँ भन्यो, ‘तपाईंको यै अर्ती तपाईंकै मुखबाट मैले यसअघि नौपटक सुनिसकेको थिएँ । आश्चर्य लाग्छ– ती–तीनपल्ट दोहोर्याउँदा तपाईंलाई त्यस कुराको हेक्का किन भएन ? नबुझेको पहिलो कुरा यो हो ।’
विद्वान्को अनुहार अँध्यारियो र उनका आँखा लत्रिए मानौँ एकछिन अघिको उनको विद्वताको तेज क्षणभरमै भस्मखरानी भयो । यस पटक भने विद्वान्ले ज्यादै छोटो प्रश्न सोधे –‘अनि ?’
‘तपाईंले यो विद्वताको फेरो कतिपल्ट मार्नुहोला भनेर म चुपचाप गन्दै थिएँ । तेस्रो फेरो मारिसकेपछि मेरो धैर्यको बाँध टुट्यो र मैले मुख फोरेँ । आश्चर्य लाग्छ– तपाईंजस्तो महान् उपदेशदाताका तीखा दृष्टि म जस्तो मामुली मानिसको अन्तर्मनमा किन पुग्न सकेनन् ? नबुझेको दोस्रो कुरा यो हो ।’
विद्वान्का ओठ–तालु सुके । ज्ञानरूपी अमृतको रसले लपक्क भिजेको उनको स्वर गलामै बिलायो र यसपटक उनले मुख बाउन मात्र सके– प्याक्क !
श्रोताले उस्तै गम्भीर स्वरमा भन्यो, ‘तपाईंले उपदेशको फेरो मारेइपिच्छे मलाई ‘बुझिस्’ ‘बुझिस्’ भन्दै केरकार गर्नु भो । आश्चर्य लाग्छ, पुलिसको बर्दी नलगाई मसित पुलिसको व्यवहार गर्ने आँट तपाईंलाई कसरी आयो ? नबुझेको तेस्रो कुरा यो हो ।’
विद्वान्को ज्ञानको तेजले आकाशतिर उठेको गर्धन घ्याच्च कुमभित्र लच्कियो । आखिरमा विद्वान्ले विद्वता निस्तेज भएको जर्जर स्वरमा भने, ‘माफ गर्नुहोला, आज मलाई अल्लि सन्चो छैन !’
अतीतबाट साभार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा गहुँ उत्पादन घट्यो
-
आधा छोटो बनाइयो सरकारको नीति तथा कार्यक्रम, भोलि सार्वजनिक हुने
-
सीपमुलक जनशक्ति रोजगारीमा जोडिएमात्रै समृद्ध नेपाल सम्भव छ : प्रधानमन्त्री ओली
-
सुनको मूल्य ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
रोजगारदाता र रोजगारी खोजकर्तालाई प्रविधि मार्फत सोझै सम्पर्क गराउने सरकारको प्रयास
-
सरकारसँगको सहमतिपछि नेपाल शिक्षक महासङ्घको बैठक बस्दै