सपना देख्न सक्ने र त्यो सपना पूरा गर्न सक्ने जनशक्ति कर्णाली प्रदेशमा छ : मन्त्री यादव
जुम्ला । खानेपानी मन्त्री प्रदीप यादवले सपना देख्न सक्ने र त्यो सपना पूरा गर्न सक्ने जनशक्ति कर्णाली प्रदेशमा रहेको बताएका छन् । कर्णाली प्रदेशको जुम्ला जिल्ला स्थित कर्णाली प्राविधिक शिक्षालय जुम्ला तथा तातोपानी गाउँपालिका–१ मा निर्माणाधीन धौलीगाढ खानेपानी आयोजनाको अवलोकन तथा निरीक्षण पश्चात् उनले सो कुरा बताएका हुन् ।
उनले भने, “आजको दिन दुर्गम तथा सौन्दर्यले भरिपूर्ण कर्णालीको मुटु, जुम्ला आइपुगेको छु । कर्णाली अब पिछडिने छैन । सपना देख्न सक्ने र त्यो सपना पूरा गर्न सक्ने जनशक्ति यहाँ छ ।”
सोही क्रममा मन्त्री यादवले कर्णाली प्रदेशका दुर्गम जिल्ला सहित जुम्लाका विद्यार्थी र जनसमुदायले वर्षौँदेखि भोग्दै आएका खानेपानी लगायतका विविध समस्याहरूको आफूले समाधान गरेर छोड्ने प्रतिबद्धता व्यक्त गरे । “यहाँका विद्यार्थी र जनसमुदायले भोग्दै आएका खानेपानी लगायतका विविध समस्याबारे प्रत्यक्ष जानकारी लिने मौका पाए । यहाँको खानेपानीको क्षेत्रमा देखिएका समस्या समाधान गरेरै छोड्छौँ, उनले भने ।
जुम्लाको कठोर भौगोलिक बनोटबिच पनि यहाँका जनताको आँट, साहस र सम्भावनाले मलाई गहिरो प्रेरणा दिएको समेत मन्त्री यादवले बताए । उनले भने, “तपाईँहरूको आँट, साहस र सम्भावनाले मलाई गहिरो प्रेरणा दिएको छ । कर्णालीवासीको उज्यालो भविष्यका लागि सँगै सहकार्य गरौँ ।”
जुम्ला जिल्ला स्थित हेमा गाउँपालिका–१ देवार गाउँमा आइतबार आयोजना हुने वास सम्मेलनमा सहभागिता जनाउन एवं खानेपानी क्षेत्रमा विद्यमान समस्या र त्यसका समाधानका उपायहरू पहिचान गर्नका लागि मन्त्री यादव सहित मन्त्रालयका सचिव इन्जिनियर प्रमीलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठ लगायतको टोली आज जुम्ला पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण