माइतीघर–नयाँबानेश्वर सडक खण्ड प्रयोग गर्ने सवारी चालक वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजधानीको बिजुली बजार क्षेत्रमा प्रदर्शन गर्ने भएपछि ट्राफिक प्रहरीले माइतीघर–नयाँबानेश्वर–तीनकुने सडक खण्ड प्रयोग गर्ने सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार माइतीघरबाट बबरमहल हुँदै नयाँ बानेश्वरसम्मको सडकखण्डमा चल्ने सवारी साधनलाई यतिबेला विभिन्न स्थानबाट डाईभर्सन गरिएको छ । साना तथा दुई पाङ्ग्रे सवारी साधनलाई नयाँ बानेश्वरबाट डाईभर्सन गरिएको छ ।
यस्तै नयाँ बानेश्वरतर्फ जाने सवारी साधनलाई भने माईतिघरबाट डाईभर्सन गरिएको छ । राप्रपाको कार्यक्रमलाई मध्यनजर गर्दै भाडाका सवारी साधनलाई तीनकुने, रणोदिप र कृष्णपाउरोटीबाट डाइभर्सन गरिएको छ ।
डाइभर्सनका कारण माइतीघर, सिंहदरबार दक्षिणगेट, अनामनगर, हनुमानथान, थापागाँउ हुदै चल्ने सवारी साधन क्युमा चलिरहेका छन् ।
यसबाहेक पिक आवरमा बढेका सवारी साधनका कारण काठमाडौँ उपत्यका स्थित कोटेश्वर, गौशाला, चावहिल, सोह्रखुट्टे लैनचौर, रणोदिप, कृष्णपाउरोटी, पुतलीसडक, त्रिपुरेश्वर, थापाथली र कुपण्डोल हुँदै चल्ने सवारी साधन यतिबेला ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनुपर्ने अवस्था रहेको जनाइएको छ । बिहान नै शिक्षकहरुको प्रदर्शनका कारण समेत यातायात प्रभावित भएको ट्राफिक प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेता कृषि कर्ममा लागेपछि बाँझो जमिन हराभरा
-
एमबीबीएस इन्टर्न चिकित्सकहरूले दिए आयोगमा धर्ना
-
प्रशासनिक बोझ संघीय सरकारमै छ, प्रदेशलाई मात्र बलिको बोको बनाउनु हुँदैन: सचेतक मेचे
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण