इष्टरमा युद्धविरामको घोषणा गरेको रुसले रोकेन हमला
किभ । रुसले इष्टरको अवसरमा युक्रेनमाथि आक्रमण नगर्ने घोषणा गरेको थियो । तर रुसको आक्रमण अझै कम नभएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शनिबार बताएका छन् । धेरै सीमावर्ती क्षेत्रहरूमा रुसको आक्रामक कारबाही जारी रहेको जेलेन्स्कीले बताए ।
रुसको बोलीमा विश्वास गर्न नसकिने उनको भनाइ थियो । ‘कयौँ सीमावर्ती क्षेत्रहरूमा रूसको आक्रामक कारबाही जारी छ । रूसी तोपखानाको गोलाबारी घटेको छैन । त्यसैले रूसले बोल्ने कुनै पनि कुरामा विश्वास गर्न सकिदैँन । मस्कोले कसरी चलखेल गर्छ भनेर हामीलाई राम्ररी थाहा छ । हामी कुनै पनि चीजका लागि तयार छौँ ।’
माइक्रो ब्लगिङ वेबसाइट एक्समा जेलेन्स्कीले लेखेका छन् । रुसको हरेक आक्रमणको उचित जवाफ दिइने पनि उनले बताएका छन् । रुसले पूर्ण र बिना शर्त ३० दिने युद्धविरामको प्रस्ताव अस्वीकार गरेको थियो । ३० घण्टाको इस्टर युद्धविराम वास्तविक विश्वास निर्माण गर्न अपर्याप्त रहेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण