राप्रपा प्रदर्शन
प्रदर्शनमा देखिएनन् राप्रपाका शीर्ष नेता, विक्रम पाण्डे निषेधित घेरासम्म पुगेर फर्किए
आइतबार, ०७ वैशाख २०८२, १३ : ३१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आजको प्रदर्शनमा प्रदर्शनकारीहरु निषेधित क्षेत्रको घेरासम्म पुगेका छन् । केही प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले माइकिङ गरेर निषेधित क्षेत्र नतोड्न माइकिङ गरेको छ ।
निषेधित क्षेत्र तोडेमा कारबाही गर्ने चेतावनीपछि प्रदर्शनकारीहरूले विभिन्न नाराबाजी सुरु गरेका छन् । राप्रपा नेताहरुले आज सामूहिक गिरफ्तारी दिने बताएपनि प्रदर्शन क्षेत्रमा शीर्ष नेताहरु देखिएका छैनन् ।
राप्रपा नेता विक्रम पाण्डे नाराबाजी गर्दै निषेधित क्षेत्रसम्म पुगे पनि उक्त क्षेत्र पुगेलगत्तै फर्किएका छन् । प्रदर्शनमा नेताहरु नदेखिएको भन्दै प्रदर्शनकारीहरु असन्तुष्ट देखिएका छन् ।