शेख हसिनाविरुद्ध बङ्गलादेशले माग्यो रेड कर्नर नोटिस
ढाका । गएको वर्ष बङ्गलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि भारत निर्वासित भएकी शेख हसिनालाई देशमा ल्याउन बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख प्रोफेसर मोहम्मद युनुसले तयारी थालेका छन् ।
बङ्गलादेश प्रहरीको राष्ट्रिय अपराध ब्युरो (एनसीबी)ले इन्टरपोललाई एउटा निवेदन दिएको छ । यसमा हसिनासहित १२ जना विरुद्ध रेड कर्नर नोटिस जारी गर्न माग गरिएको छ । ७७ वर्षकी हसिना गत वर्ष अगस्ट ५ देखि शरण लिएर भारतमा बस्दै आएकी छिन् । १६ वर्षदेखिको उनको सत्तालाई सरकारी जागिरमा आरक्षण विरुद्ध विद्यार्थीहरूले गरेको आन्दोलनले ढलाएसँगै भारत भागेकी थिइन् ।
बङ्गलादेशको अखबार द डेली स्टारका अनुसार एनसीबीले अदालत, सरकारी वकिल र अनुसन्धान एजेन्सीहरूको पुनरावेदनको आधारमा यो अनुरोध गरेको हो । प्रहरी प्रधान कार्यालयका सहायक महानिरीक्षक (मिडिया) इनामुल हक सागरले यसको पुष्टि गर्दै अनुसन्धान वा चलिरहेका मुद्दाका क्रममा देखिएका आरोपका आधारमा यी निवेदनहरू दायर गरिएको बताए ।
रेड नोटिसले इन्टरपोललाई फरार व्यक्तिहरू पत्ता लगाउन र सुपुर्दगी वा अन्य कानुनी कारबाहीको लागि अस्थायी रूपमा पक्राउ गर्न मद्दत गर्छ । इन्टरपोलले विदेशमा रहेका फरार व्यक्तिहरू पत्ता लगाउन मद्दत गर्छ र उनीहरूको जानकारी सम्बन्धित अधिकारीहरूसँग साझा गर्छ ।
युनुस अन्तरिम सरकारको प्रमुख सल्लाहकार बनेको केही हप्तापछि, बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी)ले मानवताविरुद्धको अपराध र नरसंहारको आरोपमा हसिना र धेरै पूर्व क्याबिनेट मन्त्रीहरू, सल्लाहकारहरू, सैन्य र नागरिक अधिकारीहरू विरुद्ध पक्राउ वारेन्ट जारी गर्यो । गत वर्ष नोभेम्बरमा आईसीटी प्रमुख अभियोजकको कार्यालयले शेख हसिना र अन्य फरार व्यक्तिहरूलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिन प्रहरी मुख्यालयलाई आग्रह गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण