पक्राउ परेका राप्रपाका तीन नेतालाई काठमाडौँ परिसर लगियो
काठमाडौँ । सिंहदरबारमा सांकेतिक प्रदर्शन गर्दा पक्राउ परेका राप्रपाका तीन नेतालाई जिल्ला प्रहरी परिसर काठमाडौँमा लगिएको छ ।
आइतबार सिंहदबारभित्र प्रदर्शन गरेको आरोपमा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही पक्राउ परेका हुन् ।
उनीहरूले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदरबारमा प्रदर्शन गरेका थिए भने सुरुमा प्रहरीले सो पम्प्लेट प्रहरीले खोसेको थियो ।
पक्राउ पर्दैपर्दा लिङ्देनले लोकतन्त्रमा बोल्न र प्रदर्शन गर्न पनि सरकारले रोक लगाएको भन्दै आपत्ति जनाए । राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गरेको थियो ।
सोही अनुसार राप्रपाका कार्यकर्ताहरू बानेश्वरस्थित निषेधित क्षेत्रको घेरा नजिकै भेला हुँदै गर्दा संसदीय दलको कार्यालयमा भेला भएर लिङ्देनलगायतले सिंहदबारमै सांकेतिक प्रदर्शन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेताहरू कृषि कर्ममा लागेपछि बाँझो जमिन हराभरा
-
एमबीबीएस इन्टर्न चिकित्सकहरूले दिए आयोगमा धर्ना
-
प्रशासनिक बोझ संघीय सरकारमै छ, प्रदेशलाई मात्र बलिको बोको बनाउनु हुँदैन: सचेतक मेचे
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण