न्यायाधीश नियुक्तिमा जुटेन सहमति, साेमबार पुन: बैठक बस्ने
काठमाडौँ । न्यायाधीश नियुक्तिमा सहमति नजुटेपछि न्याय परिषद् बैठक बिना निष्कर्ष टुंगिएको छ ।
आइतबार साँझ ५ बजेदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा सुरु भएको बैठक करिब दुई घण्टा बसेर निर्णय नगरी टुंगिएको हो ।
परिषदका एक सदस्यका अनुसार आइतबार न्यायाधीश नियुक्ति गर्नेगरी छलफल भएकोमा सहमति जुट्न नसकेको हो । अर्को बैठक भोलि पुन: बोलाइएको ती सदस्यले जानकारी दिए ।
यसअघि गत बिहीबार न्यायाधीश नियुक्तिका सम्बन्धमा बैठक बसेकोमा उक्त दिन पनि सहमति जुट्न नसकेपछि बैठक निर्णय नगरी टुंगिएको थियो ।
हाल देशभर जिल्ला, उच्च र सर्वोच्च गरी अदालतहरूमा ३३ न्यायाधीश रिक्त छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गत माघ २२ गते न्याय परिषद्को सदस्यमा संसदीय सुनुवाइबाट अनुमोदन भएका दामोदर खड्कालाई नियुक्त गरेसँगै न्याय परिषद्ले पूर्णता पाएको थियो ।
तर, पछिल्लोपटक बार र बेन्चबीच खटपट बढेसँगै न्यायाधीश नियुक्ति हुन सकेको थिएन । हालै बारमा विजय मिश्रसहितको नयाँ नेतृत्व बारमा आएको छ ।
बारमा नयाँ नेतृत्व आएसँगै न्यायाधीश नियुक्तिका लागि प्रधानन्यायाधीशले सक्रियता बढाएका हुन् ।
हाल प्रधानन्याधीश राउत नेतृत्वको परिषद्मा सदस्यहरू वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधान, कानुनमन्त्री अजयकुमार चौरासिया र वरिष्ठ अधिवक्ताहरू रामप्रसाद भण्डारी, दामोदर खड्का र सदस्य सचिवका रुपमा यमबहादुर बुढामगर रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण