न्यायाधीश नियुक्तिमा जुटेन सहमति, साेमबार पुन: बैठक बस्ने

काठमाडौँ । न्यायाधीश नियुक्तिमा सहमति नजुटेपछि न्याय परिषद् बैठक बिना निष्कर्ष टुंगिएको छ ।
आइतबार साँझ ५ बजेदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा सुरु भएको बैठक करिब दुई घण्टा बसेर निर्णय नगरी टुंगिएको हो ।
परिषदका एक सदस्यका अनुसार आइतबार न्यायाधीश नियुक्ति गर्नेगरी छलफल भएकोमा सहमति जुट्न नसकेको हो । अर्को बैठक भोलि पुन: बोलाइएको ती सदस्यले जानकारी दिए ।
यसअघि गत बिहीबार न्यायाधीश नियुक्तिका सम्बन्धमा बैठक बसेकोमा उक्त दिन पनि सहमति जुट्न नसकेपछि बैठक निर्णय नगरी टुंगिएको थियो ।
हाल देशभर जिल्ला, उच्च र सर्वोच्च गरी अदालतहरूमा ३३ न्यायाधीश रिक्त छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गत माघ २२ गते न्याय परिषद्को सदस्यमा संसदीय सुनुवाइबाट अनुमोदन भएका दामोदर खड्कालाई नियुक्त गरेसँगै न्याय परिषद्ले पूर्णता पाएको थियो ।
तर, पछिल्लोपटक बार र बेन्चबीच खटपट बढेसँगै न्यायाधीश नियुक्ति हुन सकेको थिएन । हालै बारमा विजय मिश्रसहितको नयाँ नेतृत्व बारमा आएको छ ।
बारमा नयाँ नेतृत्व आएसँगै न्यायाधीश नियुक्तिका लागि प्रधानन्यायाधीशले सक्रियता बढाएका हुन् ।
हाल प्रधानन्याधीश राउत नेतृत्वको परिषद्मा सदस्यहरू वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधान, कानुनमन्त्री अजयकुमार चौरासिया र वरिष्ठ अधिवक्ताहरू रामप्रसाद भण्डारी, दामोदर खड्का र सदस्य सचिवका रुपमा यमबहादुर बुढामगर रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम फैसला नआएसम्म आधिकारिक एनआरएनए हामी नै हौँ : महेश श्रेष्ठ
-
किशोरीद्वारा युवकमाथि चक्कु प्रहार, भाग्न खोज्दा लडेर घाइते
-
’स्टुडेन्ट इन्गेजमेन्ट टुर २०२५’ मा अन्तर्राष्ट्रिय अध्ययनबारे जानकारी प्रदान
-
हेटौँडाकी मेयरको कार : सरकारी सवारीमा निजी नम्बर प्लेट
-
बागमती सहित यी पाँच प्रदेशमा वर्षा
-
बुटवलको नीति तथा कार्यक्रम : सीप तथा रोजगारमा विशेष जोड