कृष्णभिरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
आइतबार, ०७ वैशाख २०८२, २२ : १४
मलेखु । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभिरमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । बागमती प्रदेश ०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल दुर्घटनामा सिन्धुलीको तिनपाटन गाउँपालिका–९ का २६ वर्षीय मीनबहादुर तामाङको मृत्यु भएको हो ।
मोटरसाइकल सडकबाट तीन सय मिटर तल त्रिशूली नदी किनारमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले दुर्घटनाको खबर पाउनेवित्तिकै प्रहरी घटनास्थल पुगे पनि तामाङलाई मृत अवस्थामा भेटिएका जानकारी दिए । मृतकको शवसहित दुर्घटनाग्रत मोटरसाइकल त्रिशूली किनारको झाडीमा भेटिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण