मङ्गलबार, २३ वैशाख २०८२
ताजा लोकप्रिय

कृष्णभिरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

आइतबार, ०७ वैशाख २०८२, २२ : १४
आइतबार, ०७ वैशाख २०८२

मलेखु । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभिरमा  मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । बागमती प्रदेश ०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल दुर्घटनामा सिन्धुलीको तिनपाटन गाउँपालिका–९ का २६ वर्षीय मीनबहादुर तामाङको मृत्यु भएको हो । 

मोटरसाइकल सडकबाट तीन सय मिटर तल त्रिशूली नदी किनारमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले दुर्घटनाको खबर पाउनेवित्तिकै प्रहरी घटनास्थल पुगे पनि तामाङलाई मृत अवस्थामा भेटिएका जानकारी दिए । मृतकको शवसहित दुर्घटनाग्रत मोटरसाइकल त्रिशूली किनारको झाडीमा भेटिएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप