पाल्पामा जिप दुर्घटनामा हुँदा १ जनाको मृत्यु
सोमबार, ०८ वैशाख २०८२, ०८ : ५४
बुटवल । पाल्पाको बगनासकाली गाउँपालिका–४, खानीछापको मलेङ् बेलडाँडामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गएराति लु १ ज १७२४ नम्बरको जिप तानसेनबाट चापपानी खहरेखोला हुँदै खानीछाप जाने क्रममा दुर्घटना भएको र कालीगण्डकी गाउँपालिका–३ वैघाकी १७ वर्षीया एलिजा सारुको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि तानसेनस्थित अस्पतालमा पठाइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण