रेनुलाई हर्कको चुनौती : भिजन भनेको के हो, म सिकाउँछु !
सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालको आलोचना गरेका छन् । दाहालले आफूलाई ठुला योजना सञ्चालन गर्न सुझाव दिएको भन्दै साम्पाङ सामाजिक सञ्जालमा खनिएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रेनु दाहालले मलाई ठुला योजना गर्नु पर्थ्यौ भनेर भनेछ ! रेनुजी तपाईँको बाऊ प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा मागेको २० लाख मात्रै छुट्याइदियो त मैले के गर्ने ?‘
साम्पाङले नेकपा माओवादी केन्द्र सामन्त र दलाल, पुँजीपतिहरूको पार्टी बनिसकेको पनि जिकिर गरेका छन् । उनले लेखेका छन्‘ बिना पैसा पनि विकास कसरी गर्न सकिन्छ ! जनताको शक्तिलाई ढुङ्गा हान्न, भएको संरचना भत्काउन र मान्छे मार्नमा होइन देश निर्माणमा कसरी जोड्न सकिन्छ भन्ने कुरा सिक्न म कहाँ आउनु ! भिजन भनेको के हो त्यो म सिकाउँछु !’
यस्तो छ साम्पाङको भनाई :
बाऊ ठिक रैन छ पार्टी ठिक रैछ छ त ! एयरपोर्ट मागेको तपाईँकै पार्टीको सुदन किराती मन्त्री थिए र तपाईँकै बाऊ प्रधानमन्त्री थिए, विराटनगरमा छँदैछ किन चाहियो धरानमा भने ! अहिलेका पार्टी ठिक छैन रैछ कुनै पनि विभेद गर्छ ! तपाईँको बाउले नि प्रम हुँदा बजेट जति सबै तपाईँकै पालिकामा मात्रै खनाइदिएर विभेद गरे ! अब ८४ मा म आफै आएर गर्नु पर्ला त्यो ठाउँमा भन्दैछु !
बालेन जीको कुरा नगर्नु वहाँको बजेट २६ अर्ब माथि छ ! पैसा २०% पनि खर्च गर्न सक्दैन त्यो महानगरले !
बिना पैसा पनि विकास कसरी गर्न सकिन्छ ! जनताको शक्तिलाई ढुङ्गा हान्न, भएको संरचना भत्काउन र मान्छे मार्नमा होइन देश निर्माणमा कसरी जोड्न सकिन्छ भन्ने कुरा सिक्न म कहाँ आउनु ! भिजन भनेको के हो त्यो म सिकाउँछु !
विदेशी ऋण बोकेर धेरै ठुलो गाडी हाँक्नु हुँदैन ! स्वदेशी उत्पादनमा जोड दिनु पर्छ ! यो हो भिजन !
बिचरा तपाईँलाई के थाहा श्रम र श्रमिकलाई अपमान गर्ने अभिव्यक्ति दिने तपाईँहरूको पार्टी सामन्त र दलाल, पुँजीपतिहरूको पार्टी बनिसक्यो भन्ने ! विचरा...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण