ट्रेड टावरको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन
काठमाडौँ । ट्रेड टावर कम्पनीले सोमवार देखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो।
कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन अनुमति पाएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता सय रुपैयाँका दरले ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँको ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर निष्कासन गरेको छ ।
आईपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले आजदेखि वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण