अमेरिकी डिपोर्टी समेतका भेनेजुएली बन्दी साट्न एल साल्भाडोरको प्रस्ताव
सान साल्भाडोर । अमेरिकाले डिपोर्ट गरेर आफ्नो देशमा बन्दी बनाएर राखेको २५२ जना भेनेजुएलीहरूलाई फिर्ता गर्ने एल साल्भाडोरले प्रस्ताव गरेको छ । तर यसबापत भेनेजुएलाले सोही संख्यामा राजनीतिक बन्दीलाई रिहा गर्नुपर्ने एल साल्भाडोरका राष्ट्रपति नायिक बुकेलेको प्रस्ताव छ । हालै सामाजिक सञ्जालको एउटा पोष्टमा बुकेलेले भेनेजुएली राष्ट्रपति निकोलस मदुरोलाई यो प्रस्ताव गरेका हुन् ।
कयौँ भेनेजुएली डिपोर्टीले बलात्कार र हत्या गरेको तर भेनेजुएलाले मदुरोको विरोध गरेकै भरमा कयौँलाई जेलमा थुनेर राखेको उनको भनाई छ । गएको वर्ष विवादास्पद राष्ट्रपति चुनावबाट मदुरो पुनः चुनिएका थिए । भेनेजुएलाका प्रमुख अभियोजक तारेक विलियमले बुकेलेको प्रस्तावको आलोचना गरेका छन् ।
डिपोर्टीहरूले गरेको अपराध के हो भनेर सोध्दै उनीहरूलाई न्यायाधीसामु उपस्थित गराइएको थियो वा कानूनी परामर्शमा पहुँच दिइएको थियो भनेर उल्टै बुकेलेलाई सोधेका छन् । आफूसँग कुनै पनि राजनीतिक बन्दी नभएको भेनेजुएलाको सरकारको तर्क छ । तर अधिकारी वादी समूहहरूले भने यो दाबी खन्डन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण