अमेरिकी डिपोर्टी समेतका भेनेजुएली बन्दी साट्न एल साल्भाडोरको प्रस्ताव

सान साल्भाडोर । अमेरिकाले डिपोर्ट गरेर आफ्नो देशमा बन्दी बनाएर राखेको २५२ जना भेनेजुएलीहरूलाई फिर्ता गर्ने एल साल्भाडोरले प्रस्ताव गरेको छ । तर यसबापत भेनेजुएलाले सोही संख्यामा राजनीतिक बन्दीलाई रिहा गर्नुपर्ने एल साल्भाडोरका राष्ट्रपति नायिक बुकेलेको प्रस्ताव छ । हालै सामाजिक सञ्जालको एउटा पोष्टमा बुकेलेले भेनेजुएली राष्ट्रपति निकोलस मदुरोलाई यो प्रस्ताव गरेका हुन् ।
कयौँ भेनेजुएली डिपोर्टीले बलात्कार र हत्या गरेको तर भेनेजुएलाले मदुरोको विरोध गरेकै भरमा कयौँलाई जेलमा थुनेर राखेको उनको भनाई छ । गएको वर्ष विवादास्पद राष्ट्रपति चुनावबाट मदुरो पुनः चुनिएका थिए । भेनेजुएलाका प्रमुख अभियोजक तारेक विलियमले बुकेलेको प्रस्तावको आलोचना गरेका छन् ।
डिपोर्टीहरूले गरेको अपराध के हो भनेर सोध्दै उनीहरूलाई न्यायाधीसामु उपस्थित गराइएको थियो वा कानूनी परामर्शमा पहुँच दिइएको थियो भनेर उल्टै बुकेलेलाई सोधेका छन् । आफूसँग कुनै पनि राजनीतिक बन्दी नभएको भेनेजुएलाको सरकारको तर्क छ । तर अधिकारी वादी समूहहरूले भने यो दाबी खन्डन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आतङ्क र वार्ता सँगै जान सक्दैन
-
आईपीएल मे १७ बाट फेरि सुरु हुने, यस्तो छ तालिका
-
दलका प्रमुख सचेतकहरूसँग सभामुखको छलफल
-
प्रेस स्वतन्त्रताको नाममा नेपालमा अराजकता बढ्यो: सञ्चारमन्त्री गुरुङ
-
करेन्ट लागि ज्यान गुमाएका अमिनको परिवारलाई पाँच लाख सहयोग
-
अर्थमन्त्री पौडेललाई यातायात व्यवसायीको ध्यानाकर्षण पत्र