छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाबु पक्राउ
हेटौँडा । आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरबाट एक जना पक्राउ परेका छन् ।
थाहा नगरपालिका–१, कुन्छालका पुरुषलाई आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
आइतबार इलाका प्रहरी कार्यालय पालुङले उनलाई पक्राउ गरेको हो । उनले आफ्नै १३ वर्षीया छोरीमाथि गत २८ चैतमा घरदेखि अन्दाजी ३/४ किलोमिटर पश्चिमतर्फ रहेको जङ्गलमा लगी जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।
छोरीलाई पटक पटक जबरजस्ती करणी गरेको भनी पीडित किशोरी, उनका आफन्त, वडाका जनप्रतिनिधि समेत भएर प्रहरीमा उजुरी दिइएको थियो । सोही उजुरीका आधारमा प्रहरीले बाबुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक सविन बाबु अर्यालले बताए ।
पीडित किशोरीको अवस्था सामान्य रहेको र उनलाई सेफ हाउसमा राखिएको छ । यस्तै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम समाप्त भएको ट्रम्पको चेतावनी
-
सफ्टवेयरको काम गर्ने बहानामा अनलाइन जुवा र सट्टेबाजी, भारतीयसहित ८ जना पक्राउ
-
यूएई पठाएर विद्यार्थीलाई ठगी गर्ने ९ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ
-
मनसुनजन्य विपद्अघि बागमती सरकार सक्रिय : राहत सामग्री भण्डारण, सुरक्षा संयन्त्र ‘हाई अलर्ट’
-
गणेश नेपालीको आत्मदाह प्रकरण : सोधपुछ पछि ३ नगर प्रहरी रिहा
-
पशुपतिमा साउने सोमबारको तयारी सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण