मोबाइल लुटेको आरोपमा ३ जना पक्राउ
सोमबार, ०८ वैशाख २०८२, ११ : ३३
काठमाडौँ । मोबाइल लुटमा संलग्न आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका घर भएका १८ वर्षीय शिखरजङ्ग थापा, धनुषाको सिर्सिया गाउँपालिका घर भएका १८ वर्षीय राज विष्ट यादव र रौतहटको गरुडा घर भएका सुरेश ठाकुर हजाम छन् ।
आरोपीहरुले वैशाख ५ मा काठमाडौँको बसुन्धारामा ट्याक्सी रोकेर ‘ठमेलमा सामान लिन जानुपर्नेछ’ भनेर एकपटक फोन गर्न मागेर मोबाइल लुटेर फरार भएका हुन् ।
प्रेम तामाङले चलाएको बा.२ ज ३४५८ नम्बरको ट्याक्सीबाट मोबाइल लुट्न शिखरजङ्ग सहित दुई जना मोटरसाइकल चढेर गएको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।
आरोपीहरुको साथबाट प्रहरीले ३ थान चोरीको मोबाइल बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम समाप्त भएको ट्रम्पको चेतावनी
-
सफ्टवेयरको काम गर्ने बहानामा अनलाइन जुवा र सट्टेबाजी, भारतीयसहित ८ जना पक्राउ
-
यूएई पठाएर विद्यार्थीलाई ठगी गर्ने ९ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ
-
मनसुनजन्य विपद्अघि बागमती सरकार सक्रिय : राहत सामग्री भण्डारण, सुरक्षा संयन्त्र ‘हाई अलर्ट’
-
गणेश नेपालीको आत्मदाह प्रकरण : सोधपुछ पछि ३ नगर प्रहरी रिहा
-
पशुपतिमा साउने सोमबारको तयारी सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण