सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

पौडी खेल्ने क्रममा तीन बालक दानव नदीमा बेपत्ता

सोमबार, ०८ वैशाख २०८२, १५ : ३३
सोमबार, ०८ वैशाख २०८२

रुपन्देही । रुपन्देहीको लुम्बिनी साँस्कृतीक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएका छन् ।

सोमबार दिउँसो नदीमा पौडी खेल्ने क्रममा सोही ठाउँ बस्ने १३ वर्षीय उमेश यादव,१४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजन बेपत्ता भएका हुन् । 

नदिमा बेपत्ता बालकहरूको खोजी कार्यको लागि सशस्त्र प्रहरी खटिएको छ । तालिम प्राप्त सुरक्षा फौज घटनास्थल पुगेर उनीहरूको खोजी कार्यमा परिचालन भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप