थियटरपछि फिल्ममा समापिका
काठमाडौँ । सस्पेन्स थ्रिलर फिल्म ‘खेल’ वैशाख १२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ ।
फिल्मले अध्ययनका लागि काठमाडौँको होस्टेलमा बसेका केही साथीसँग सम्बन्धित कथा वस्तु उठाएको छ ।
फिल्म मार्फत अभिनेत्रीको रूपमा समापिका गौतम देखिँदै छिन् । थियटरमा अभिनय गर्दै हुर्किएकी समापिका ‘खेल’लाई आफ्नो अभिनय यात्राको महत्त्वपूर्ण मोड मान्छिन् ।
पर्दामा देखिन पाउनु आफ्ना लागि रोमाञ्चक अनुभव मात्र नभएर जीवन उपयोगी शिक्षा समेत भएको नउनी बत्ताउँछिन् ।
‘म फिल्म हेर्दै हुर्किएकी हुँ । अब पर्दामा आफूलाई देख्न लाग्दा अनुभूति भइरहेको छ त्यो शब्दमा भन्न सक्दिन ।’
थिएटर अभिनयमार्फत कलात्मक आत्मविश्वास बनाएकी समापिकाले फिल्ममा राम्रो जम्ने आस गरेकी छन् । ‘थिएटर र फिल्मबिच केही टेक्निकल भिन्नता रहेछ‘, उनले भनिन् ‘थियटरको सिकाइले फिल्ममा सजिलो भयो ।’
फिल्ममा उनले ‘ईसा’ नामकी युवतीको भूमिका निर्वाह गरेकी छन् । जो साथीहरूलाई माया गर्ने, उनीहरूको इच्छा विपरीत जान नसक्ने भावुक पात्र हो । समापिकाले आफू पनि केही हदसम्म ईसासँग मिल्ने बताउँछिन् ।
सानैमा टेलिभिजन हेरेर कलाकार बन्ने रहर पालेकी उनी एसएलसीपछि थिएटर प्रवेश गरेकी हुन् । परिवारको साथ र प्रेरणाले उनलाई यो क्षेत्रमा लाग्न हौसला मिलेको हो ।
समापिकाको अभिनय यात्राको लक्ष्य केवल पर्दामा देखिनु मात्र होइन, नेपाली फिल्ममा कला चेत निर्माण गर्ने छ । उनी आफू भने भर्सटाइल कलाकारको रूपमा स्थापित हुन चाहन्छिन् ।
अनुराग प्रधान र आस्था श्रेष्ठद्वारा निर्देशित ‘खेल’ सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण भएको हो ।लुइसराज महर्जन र आशिषराज महर्जन निर्माता रहेको फिल्ममा उनको अलवा सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटाका अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण