मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय

थियटरपछि फिल्ममा समापिका

सोमबार, ०८ वैशाख २०८२, १६ : १३
सोमबार, ०८ वैशाख २०८२

काठमाडौँ । सस्पेन्स थ्रिलर फिल्म ‘खेल’ वैशाख १२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ ।

फिल्मले अध्ययनका लागि काठमाडौँको होस्टेलमा बसेका केही साथीसँग सम्बन्धित कथा वस्तु उठाएको छ ।

फिल्म मार्फत अभिनेत्रीको रूपमा समापिका गौतम देखिँदै छिन् । थियटरमा अभिनय गर्दै हुर्किएकी समापिका ‘खेल’लाई आफ्नो अभिनय यात्राको महत्त्वपूर्ण मोड मान्छिन् ।

पर्दामा देखिन पाउनु आफ्ना लागि रोमाञ्चक अनुभव मात्र नभएर जीवन उपयोगी शिक्षा समेत भएको नउनी बत्ताउँछिन् । 

‘म फिल्म हेर्दै हुर्किएकी हुँ । अब पर्दामा आफूलाई देख्न लाग्दा अनुभूति भइरहेको छ त्यो शब्दमा भन्न सक्दिन ।’

थिएटर अभिनयमार्फत कलात्मक आत्मविश्वास बनाएकी समापिकाले फिल्ममा राम्रो जम्ने आस गरेकी छन् । ‘थिएटर र फिल्मबिच केही टेक्निकल भिन्नता रहेछ‘, उनले भनिन् ‘थियटरको सिकाइले फिल्ममा सजिलो भयो ।’

फिल्ममा उनले ‘ईसा’ नामकी युवतीको भूमिका निर्वाह गरेकी छन् । जो साथीहरूलाई माया गर्ने, उनीहरूको इच्छा विपरीत जान नसक्ने भावुक पात्र हो । समापिकाले आफू पनि केही हदसम्म ईसासँग मिल्ने बताउँछिन् ।

सानैमा टेलिभिजन हेरेर कलाकार बन्ने रहर पालेकी उनी एसएलसीपछि थिएटर प्रवेश गरेकी हुन् । परिवारको साथ र प्रेरणाले उनलाई यो क्षेत्रमा लाग्न हौसला मिलेको हो ।

समापिकाको अभिनय यात्राको लक्ष्य केवल पर्दामा देखिनु मात्र होइन, नेपाली फिल्ममा कला चेत निर्माण गर्ने छ । उनी आफू भने भर्सटाइल कलाकारको रूपमा स्थापित हुन चाहन्छिन् ।

अनुराग प्रधान र आस्था श्रेष्ठद्वारा निर्देशित ‘खेल’ सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण भएको हो ।लुइसराज महर्जन र आशिषराज महर्जन निर्माता रहेको फिल्ममा उनको अलवा सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटाका अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप