एक महिने जैविक कृषि जागरण अभियान हुने
काठमाडौँ । खाद्य लागि कृषि अभियानले जैविक कृषि जागरण अभियान २०८२ गर्ने भएको छ । आज पत्रकार सम्मेलन गरी एक महिना सो जैविक कृषि जागरण अभियान गर्नेबारे जानकारी गराइएको हो ।
पछिल्लो समय खाना, खेतीपाती र वातावरण सबैभन्दा ठुलो संकटमा छन् । रासायनिक मल र विषादीको प्रयोग निरन्तर बढ्दो छ । यसले माटो र मानव स्वास्थ्यलाई थप संकटग्रस्त बनाइरहेको अभियानकर्ताले बताएका छन् ।
जलवायु परिवर्तनसँगै माटो मरिरहेको, पानी चक्र बिग्रँदै गएको अवस्था छ । परिणामतः एकातिर हाम्रो स्थानीय उत्पादन आवश्यक रूपमा बढ्न सकेको छैन भने अर्कातिर हानिकारक आयातित प्रशोधित अल्पपोषक खानामा भर पर्नु परिरहेको कृषि अभियानका संयोजक उद्धव अधिकारीले बताए ।
‘आम किसानको सरोकार सम्बोधन गर्ने जिम्मेवारी लिएका सरकार र सरोकार समूहहरू यसप्रति उदासीन देखिन्छन्,’ उनले भने, ‘ कृषि क्षेत्रको उन्नतिका लागि दिशानिर्देश गर्ने कृषि नीति र संघीय ऐन अहिलेसम्म बन्न सकेका छैनन् ।’
खाना र उत्पादक किसानको सुरक्षा खाद्य अधिकार र सम्प्रभुता ऐन नियम बने पनि कार्यान्वयनमा आउन सकेका छैनन् । सरकारी अधिकारीहरूले खाद्य सुरक्षा तथा बीउ संरक्षण र विषादी नियन्त्रण सरकारको प्राथमिकता हुने बताए पनि दलाललाई फाइदा पुग्ने खालको बेथितिबाट यस्ता प्राथमिकताहरू कार्यान्वयन हुनेमा विश्वास गर्ने आधार नदेखिने उनीहरूको भनाई छ ।
जागरण यात्रामा हुने सबै भेटघाट र संवादलाई, स्वस्थ र पोषणयुक्त खाना प्राप्त गर्ने नैसर्गिक अधिकारको सुनिश्चितता, कृषि, खाद्य, भूमि, जलवायु लगायत जीवनका आधारभूत पक्षमा किसान समुदाय विशेष गरी महिला, दलित, आदिवासी जनजाति र विपन्न समूहको न्यायसंगत हक स्थापित गर्ने र सरोकारवालाहरूलाई जवाफदेही बनाउन एक सशक्त अवसरको रूपमा लिने अभियानकर्ताको दाबी छ ।
यस्तो छ कार्यतालिका ः



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कंगोमा रहेका अमेरिकी नागरिकको स्वदेश फिर्तीमा अमेरिकाले लगायो रोक
-
एल निनोको उच्च जोखिम : एसिया र अफ्रिकामा बाढी, रोग र खाद्य सङ्कटको सम्भावना
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण