मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय

पूर्व मिस नेपाल अस्मीले कसिन् लगनगाँठो

सोमबार, ०८ वैशाख २०८२, १६ : ५५
सोमबार, ०८ वैशाख २०८२

काठमाडौँ । पूर्व मिस नेपाल अस्मी श्रेष्ठ विवाह बन्धनमा बाँधिएकी छन् । उनले सोमबार प्रेमी सशांकलाल श्रेष्ठसँग लगनगाँठो कसेकी हुन् ।

उनीहरूको विवाह भेनु भने गोप्य राखिएको छ । विवाहमा दुवैको परिवार, आफन्त र साथीहरू सहभागी छन् । बेहुला बेहुलीको पहिरनमा दुवै एकदमै खुसी देखिन्छन् । 

विवाह समारोह बिहीबारबाटै सुरु भएको थियो । बिहीबार उनको मेहेन्दी समारोह आयोजना भएको छ । 

अस्मीले प्रेमी शशाङ्कलाल श्रेष्ठसँग २०८० साल पुस १९ गते इन्गेजमेन्ट गरेकी थिइन् । अमेरिका बस्दै आएका श्रेष्ठसँग त्यहीँ पुगेर उनले इन्गेजमेन्टको घोषणा गरेकी थिइन् ।

२०१६ मा मिस नेपालको उपाधि जितेकी उनी त्यसयता मोडलिङ र म्युजिक भिडियोमा सक्रिय रहेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप