दानव नदीमा डुबेर बेपत्ता तीनमध्ये एक जनाको शव फेला
सोमबार, ०८ वैशाख २०८२, १९ : १६
बुटवल । रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ दानव नदीमा डुबेर बेपत्ता भएका तीनमध्ये एक जनाको शव फेला परेको छ ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ अर्दौलीका १५ वर्षीय राजन यादवको शव फेला परेको रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) रन्जित सिंह राठौरले रातोपाटीलाई बताए ।
बेपत्ता हुनेमा सोही नगरपालिका–२ बस्ने १२ वर्षीय मुन्नु हरिजन र सोही वडाका १३ वर्षीय उमेश यादव रहेका छन् ।
उनीलाई आज अँध्यारो भएकाले भोलि मंगलबार बिहानदेखि खोजी गरिने उनले उनले बताए । सोमबार दिउँसो लुम्बिनी सांस्कृतिक नगरपालिका–२ स्थित दानव नदीमा नुहाउने क्रममा उनीहरू डुबेर बेपत्ता भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण