टन्न खाएपछि पैसा नतिर्ने नक्कली डीएसपी सक्कली प्रहरीको फन्दामा
सोमबार, ०८ वैशाख २०८२, २१ : ४३
पोखरा । घटना आइतबार रातिको हो । पोखराको सिर्जनाचोकमा रहेको ढावा रेस्टुरेन्ट एन्ड बारमा एक व्यक्ति प्रवेश गरे । खाना अर्डर गरे । अर्डरअनुसार आउँदै गयो, उनी खाँदै गए । अर्डरका खाना खाइसकेपछि उनको मनमा पैसा नतिर्ने जुक्ति फुर्यो ।
अनि आफूलाई नेपाल प्रहरीको डीएसपी भएको बताए । धाक धम्की दिन थालेपछि रेस्टुरेन्टका एक कर्मचारीले प्रहरीको कन्ट्रोल रुममा फोन गरेर घटनाबारे जानकारी गराए । तुरुन्तै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली रेस्टुरेन्टमा आइपुग्यो ।
प्रहरीले बागलुङको कुडुलेफेदी घर भएका ३२ वर्षीय नक्कली डीएसपी चन्द्रकान्त पौडेललाई नियन्त्रणमा लियो । अहिले उनलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण