आइतबार, २८ वैशाख २०८२
ताजा लोकप्रिय

टन्न खाएपछि पैसा नतिर्ने नक्कली डीएसपी सक्कली प्रहरीको फन्दामा

सोमबार, ०८ वैशाख २०८२, २१ : ४३
सोमबार, ०८ वैशाख २०८२

पोखरा । घटना आइतबार रातिको हो । पोखराको सिर्जनाचोकमा रहेको ढावा रेस्टुरेन्ट एन्ड बारमा एक व्यक्ति प्रवेश गरे । खाना अर्डर गरे । अर्डरअनुसार आउँदै गयो, उनी खाँदै गए । अर्डरका खाना खाइसकेपछि उनको मनमा पैसा नतिर्ने जुक्ति फुर्‍यो । 

अनि आफूलाई नेपाल प्रहरीको डीएसपी भएको बताए । धाक धम्की दिन थालेपछि रेस्टुरेन्टका एक कर्मचारीले प्रहरीको कन्ट्रोल रुममा फोन गरेर घटनाबारे जानकारी गराए । तुरुन्तै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली रेस्टुरेन्टमा आइपुग्यो । 

प्रहरीले बागलुङको कुडुलेफेदी घर भएका ३२ वर्षीय नक्कली डीएसपी चन्द्रकान्त पौडेललाई नियन्त्रणमा लियो । अहिले उनलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप