कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको छ । बोर्डको मंगलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।
बोर्ड अध्यक्ष महाश्रम शर्माले परीक्षा सञ्चालनमा सहयोग गर्न सबै पक्षलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिए । उनले भने– 'परीक्षा संवेदनशील विषय हो । साढे ५ लाख विद्यार्थीको भविष्य यससँग जोडिएको छ । त्यसैले हामी शिक्षकलाई जिम्मेवार रूपमा प्रस्तुत हुन आग्रह गर्दछौँ । '
शिक्षकहरू परीक्षा सञ्चालनका लागि तयार नभए निजामती कर्मचारी खटाएर भएपनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निष्कर्षमा बोर्ड पुगेको हो ।
उनले भने, ‘१२ को परीक्षालाई हामीले जहाँ जहाँ परीक्षा केन्द्र पहिले नै केन्द्र तोकिएको छ, त्यहाँनेर हरेक विद्यालय र विद्यार्थीको अनुरोध आएको छ की समयमै परीक्षा होस् । हामीले आज पनि हरेक जिल्लाहरूको परीक्षा समन्वय समितिलाई विद्यालयहरूमा जहाँ जहाँ केन्द्र तोकिएको छ, केन्द्र तोकिएको ठाउँमा सञ्चालन गर्ने सन्दर्भमा उहाँहरूलाई आवश्यक तयारी गर्न र परीक्षा सञ्चालन गर्न सबैसँग पुनः अनुरोध गर्ने र विद्यार्थीको परीक्षा गम्भीर विषय हो । त्यसैले परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय भएको छ । यो परिस्थिति सबै हिसाबबाट सबैलाई साढे ५ लाख विद्यार्थीको परीक्षा भएकाले यो परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने बोर्डबाट निर्णय भएको छ ।’
शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गर्दै शिक्षकहरु आन्दोलनरत छन् । सरकार र शिक्षक महासंघका पदाधिकारी–प्रतिनिधबिचि पटक–पटक संवाद भएपनि सहमति जुट्न सकेको छैन ।
शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ किसिमका शिक्षकहरुलाई एकद्वार गर्नुपर्ने लगायत उनीहरुका माग छन् । माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने उनीहरुको अडान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नव विवाहिता मृत्यु प्रकरणः माइती पक्षले लगायो हत्याको आरोप
-
बहराइनलाई हराउँदै तालिकाको पहिलो स्थानमा उक्लियो नेपाल
-
महालेखाले उठायो प्रिमियमको आइपीओ अनुमतिमाथि प्रश्न
-
सेयर बजारमा गिरावट, कारोबार निरन्तर घट्दै
-
ट्राफिक इन्स्पेक्टरले जवानलाई कुटेको घटना छानबिन गर्न समिति गठन
-
उपत्यका खानेपानी लिमिटेड कार्यकारी निर्देशकको राजीनामा माग गर्दै आन्दोलन