अष्टलक्ष्मी शाक्यको प्रश्न, ‘विद्या भट्टराईलाई किन सहयोग भएन ?’
मङ्गलबार, ०९ वैशाख २०८२, १२ : १५
काठमाडौँ । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले शिक्षामन्त्री पदबाट विद्या भट्टराईको राजीनामाबारे प्रश्न उठाएकी छन् । शाक्यले भट्टराईलाई किन सरकारमा सहयोग भएन भनेर प्रश्न तेर्स्याएकी हुन् ।
शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुपर्यो भन्ने शाक्यको प्रश्न छ । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘विद्या भट्टराई सक्षम इमानदार नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनुपरेको हो ?उहाँलाई सहयोग किन भएन ?’
भट्टराईको राजीनामाले उनको नैतिक धरातल कमजोर होइन अझ उच्च बनाएको शाक्यको बुझाइ छ । ‘कमरेड विद्या तपाईँको इमान र नैतिकता सबैको लागि सधैँ प्रेरणा बनोस्’ उनले लेखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण