अष्टलक्ष्मी शाक्यको प्रश्न, ‘विद्या भट्टराईलाई किन सहयोग भएन ?’
मङ्गलबार, ०९ वैशाख २०८२, १२ : १५

काठमाडौँ । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले शिक्षामन्त्री पदबाट विद्या भट्टराईको राजीनामाबारे प्रश्न उठाएकी छन् । शाक्यले भट्टराईलाई किन सरकारमा सहयोग भएन भनेर प्रश्न तेर्स्याएकी हुन् ।
शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुपर्यो भन्ने शाक्यको प्रश्न छ । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘विद्या भट्टराई सक्षम इमानदार नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनुपरेको हो ?उहाँलाई सहयोग किन भएन ?’
भट्टराईको राजीनामाले उनको नैतिक धरातल कमजोर होइन अझ उच्च बनाएको शाक्यको बुझाइ छ । ‘कमरेड विद्या तपाईँको इमान र नैतिकता सबैको लागि सधैँ प्रेरणा बनोस्’ उनले लेखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन