गभर्नर नियुक्ति प्रकरण
विजयनाथ भट्टराईले गभर्नर छनोट सिफारिस समिति सदस्यबाट दिए राजीनामा
मङ्गलबार, ०९ वैशाख २०८२, १५ : ५४
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका लागि गभर्नर छनोट सिफारिस समितिका सदस्य तथा पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन् ।
मन्त्रिपरिषद्ले गत चैत ११ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । समितिमा पूर्व गभर्नरका रूपमा भट्टराई र विज्ञ सदस्यका रूपमा विश्व पौडेल सदस्य रहेका थिए ।
एक महिनासम्म एउटा बैठकसमेत बस्न नसकेपछि समितिबाट राजीनामा दिएका हुन् । उनले समितिको भूमिकालाई नजरअन्दाज गरिएकाले आफू समितिमा नबस्ने निर्णय गरेको भट्टराईले बताए ।
उनले अब समितिमा बस्नुको अर्थ नभएकाले आजैदेखि लागू हुने गरी समितिमा नबस्ने निर्णय गरेको बताए । उनले राजीनामा समितिका संयोजक तथा अर्थमन्त्री पौडेललाई ह्वाट्सएपमा पठाइसकेको बताए ।
समिति संयोजकलाई लिखित राजीनामा अर्थ मन्त्रालयमा पठाउने तयारी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
-
गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्तिविरूद्ध रिटमा कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : कांग्रेस विवाद फेरि सर्वोच्चमा, वैदेशिक व्यापारमा नयाँ रेकर्ड
-
'सेयर खरिदविक्री रोक्नु विदेशी लगानी कानुन तथा द्विपक्षीय सम्झौता वर्खिलाप'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण