वर्षायाममा मेलम्ची खानेपानी बन्द हुँदैन: मन्त्री यादव
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले यसवर्षको वर्षायाममा मेलम्ची खानेपानी बन्द नहुने बताएका छन् ।
सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री यादवले यसवर्ष असारमा पनि मेलम्ची खानेपानी बन्द नहुने बताएका हुन् ।
वर्षायाममा मेलम्ची खोलाबाट नभई नजिकैको अर्को खोलाबाट पानी ल्याइने उनले बताए । त्यस्तै उनले शिवपुरी लगायतका स्रोतबाट व्यवस्थापन गरेर भएपनि उपत्यकावासीलाई खानेपानीको कमी हुन नदिने दाबी गरे ।
मन्त्री यादवले बबरमहलमा खानेपानीको पाइप फुटेको विषयमा छानबिन समिति बनाइएको भन्दै पाइपको गुणस्तर जाँच्ने प्रविधि नेपालमा नहुँदा समस्या भएको बताए । पाइपको गुणस्तरको जाँचका लागि भारत पठाउदा सीमामा नै रोकिएको उनले गुनासो गरे । मन्त्री यादवले खानेपानीमा तीनै तहको सरकार मिलेर शतप्रतिशत लगानी राज्यले गर्ने उल्लेख गरे ।
उनले देशका सवै स्थानका नागरिकलाई स्वच्छ खानेपानी पुराउने मन्त्रालयको लक्ष्य भएपनि बजेटका कारण केही समस्या आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण