अप्रिलको पलेँटीमा प्रस्तुत हुँदै संगीता
काठमाडौँ । साङ्गीतिक पलेँटीको अबको श्रृखलामा संगीता राना प्रधान प्रस्तुत हुने भएकी छन् । पलेँटीमा सन् २००७ मा पहिलो खेप गीत सुनाएकी संगीता अब पलेँटी अप्रिल २५ र २६ गुन्जने भएकी हुन् ।
संगीताले शास्त्रीय गायनमार्फत पलेँटीलाइ शास्त्रीय सङ्गीत प्रस्तुत गर्नेछिन् । उनी पलेँटीको कलाकार टोलीका साथ खयाल, ठुमरी र केही आधुनिक गीतको अभ्यासमा जुटिरहेकी छन् । कार्यक्रममा खयाल र ठुमरीलाई पनि नेपाली भाषामै प्रस्तुत गर्ने उनको तयारी छ ।
१८ वर्षपछि पलेँटीमा एकल गायनको तयारीमा रहेकी संगीता उत्साहित रहेकी छन् । पलेँटी मार्फत श्रोता, दर्शकसँग बेलाबखत परिचित हुने मौका मिल्ने भएकोले यो मञ्चले आफूलाई आनन्दित बनाउने उनले बताइन् । ‘खास गरी शान्ति ठटाल दिदीसँग यही मञ्चमा गरेको सहकार्य सम्झँदा म नोस्टाल्जिक बन्ने गर्छु,’उनले भनिन् ।
२० वर्षदेखि पलेँटीको संयोजन गर्दै आएका सङ्गीतकार आभासले संगीताले गाउने केही ठुमरीमा सहकार्य गरेका छन् ।
आभास भन्छन्, ‘यो पलेँटीमा शास्त्रीय सङ्गीत अथवा क्लासिकल र सेमी– क्लासिकलको मिश्रण हुनेछ । खयाल र ठुमरीको भाषा भने नेपाली नै हुनेछ । मैले संगीता प्रधानको अनुरोधमा केही ठुमरीलाई नेपालीकरण गरेको छु ।’
संगीता प्रधान नेपाली सङ्गीतमा लामो समयदेखि क्रियाशील कण्ठ–शिल्पी हुन् । विश्वभारती विश्वविद्यालय शान्ति निकेतनबाट शास्त्रीय सङ्गीतको औपचारिक अध्ययन गरेकी उनले आधुनिक र फिल्मी गायनमा पनि छुट्टै पहिचान बनाएकी छन् ।
पलेँटीमा संगीताले अग्रज गीतकार कालीप्रसाद रिजाल, रत्न शमशेर थापा, मञ्जुल, निर्मोही व्यास, आरती नेवा, मन्जित तामाङ, आभासका शब्दहरूलाई गुन्जाउनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण