शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मिसन ०८४ मा हेरौँला, एमाले बिनाको नेपाल हुन्छ कि के बिनाको : प्रधानमन्त्री ओली

मङ्गलबार, ०९ वैशाख २०८२, १६ : ३८
मङ्गलबार, ०९ वैशाख २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले बिनाको नेपाल बनाएर देखाउन चुनौती दिएका छन् । मंगलवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले चारैतिरबाट एमाले र आफूमाथि हमला भइरहेको बताएका हुन् । 

उहाँले केपी ओली बिनाको एमाले खोजेको र एमाले बिनाको नेपाल खोजिरहेको भन्दै मिसन ०८४ मा हेर्न चेतावनी दिए । उनले नेकपा एमाले पार्टीको लागि राम्रो गर्नेहरू भएको भए आफूले सरक्क नेतृत्व छोडिदिने बताए । 

उनले भने, ‘दुनियाँले यत्रो हमला गरेको बेला साथीहरूलाई आश्चर्य लाग्दैन । दुनियाँले यत्रो हमला गरेको छ । केपी ओली बिनाको एमाले खोजेको छ । किन खोजेको होला ? केपी ओली बिनाको एमाले । तिनको मनसाय राम्रो भए त म सरक्क छोड्दिहाल्थेँ, नि । हाम्रै देशका लागि हो त ? हाम्रै पार्टीका लागि हो त ? तसर्थ केपी ओली बिनाको एमाले, एमाले बिनाको नेपाल चाहियो रे उनीहरूलाई । मिसन ०८४ मा हेरौँला । एमाले बिनाको नेपाल हुन्छ की के बिनाको नेपाल हुन्छ । हामी चुनौतीका साथ भन्छौँ ।’

प्रधानमन्त्री ओलीले अहिलेको राजनीति विगतको जस्तो नरहेको भन्दै आजको अन्तर्राष्ट्रिय नीति आइडोलोजिकल हिसाबले पोलिसी निर्माण गर्नेतिर नभई कमाइको प्रतिस्पर्धामा दुनियाँ लागेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘राजनीति हिजोको जस्तो मात्रै छैन । आजको अन्तर्राष्ट्रिय नीति हेर्ने हो भने, ग्लोबल अर्डर हर्ने हो भने त्यसले देखाउँछ त्यहाँ एउटा सिद्धान्त, नीतिको कुरा, विचारको कुरा वा आइडोलोजिकल हिसाबले पोलिसी निर्माण गर्ने त्यो अवस्था होइन की कमाइको प्रतिस्पर्धामा दुनियाँ लागेको छ । कमाई थिति, विधि भन्दा ठुलो कुरा हो भनेर लागेको छ । यो विकास क्रमको गतिको नियम हो । यस्ता उतारचढावहरू आउँछन् । यस्ता झड्काहरू आउँछन् । यस्तैबाट क्लास स्ट्रगल मजबुत हुँदै जान्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप