ठगी मुद्दामा फरार प्रतिवादी पक्राउ

काठमाडौँ । प्रहरीले ठगी मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले मङ्गलबार ओखलढुङ्गा चम्पादेवी गाउँपालिका वडा नम्बर ६ घर भई हाल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ बस्ने २७ वर्षीय ईश्वर लुइँटेललाई पक्राउ गरेको हो ।
हिमालयन एक्सप्लोरेशन ट्राभल्स एण्ड टुर्स प्रा.लिकाका सञ्चालक समेत रहेका उनीमाथि ठगी सम्बन्धी आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले बताए ।
उनका अनुसार लुइँटेलले भारत, मलेसिया, सिङ्गापुर र दुबईमा भ्रमण गर्न प्रति व्यक्ति रु दुई लाख ७० हजार लाग्छ भनी चार जनाबाट जनही रू.दुई लाख ७० हजारका दरले दश लाख ८० हजार रकम लिई नेपालबाट भारत, मलेसिया, सिङ्गापुर हुँदै दुबई पुर्याई खाना, बस्न समेतको पैसा नतिरी सम्पर्क बिहिन भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी