महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक
काठमाडौँ । महालक्ष्मी विकास बैंक आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अन्त्य सम्मको वित्तीय विवरण अनुसार सबैभन्दा कम कोष लागत भएको विकास बैंक बन्न सफल भएको छ ।
बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ चैत्र मसान्त सम्म कोष लागत प्रतिशत ५.०४ प्रतिशत रहेको छ । पछिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको कोष लागत प्रतिशत ७.६२ प्रतिशत रहेको थियो । कोष लागत प्रतिशत कम हुँदा सोको सकारात्मक असर आधार दरमा समेत परेको छ जसअनुसार बैंकको आधार दर चैत्र मसान्त सम्म ७.१४ प्रतिशत रहेको छ जुन प्राय बैंकहरु भन्दा कम रहेको छ ।
त्यसै गरी नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोषको तुलनामा महालक्ष्मी विकास बैंकको न्यूनतम पुँजी कोष आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्त सम्म १५.७५ प्रतिशत रहेको छ जुन आर्थिक वर्ष २०८०/८१ चैत्र मसान्तमा १२.७५ प्रतिशत रहेको थियो । न्यूनतम पुँजी कोष बढी भएको अवस्थामा बैंकलाई जोखिम व्यवस्थापन गर्न सहज हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण