महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक

काठमाडौँ । महालक्ष्मी विकास बैंक आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अन्त्य सम्मको वित्तीय विवरण अनुसार सबैभन्दा कम कोष लागत भएको विकास बैंक बन्न सफल भएको छ ।
बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ चैत्र मसान्त सम्म कोष लागत प्रतिशत ५.०४ प्रतिशत रहेको छ । पछिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको कोष लागत प्रतिशत ७.६२ प्रतिशत रहेको थियो । कोष लागत प्रतिशत कम हुँदा सोको सकारात्मक असर आधार दरमा समेत परेको छ जसअनुसार बैंकको आधार दर चैत्र मसान्त सम्म ७.१४ प्रतिशत रहेको छ जुन प्राय बैंकहरु भन्दा कम रहेको छ ।
त्यसै गरी नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोषको तुलनामा महालक्ष्मी विकास बैंकको न्यूनतम पुँजी कोष आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्त सम्म १५.७५ प्रतिशत रहेको छ जुन आर्थिक वर्ष २०८०/८१ चैत्र मसान्तमा १२.७५ प्रतिशत रहेको थियो । न्यूनतम पुँजी कोष बढी भएको अवस्थामा बैंकलाई जोखिम व्यवस्थापन गर्न सहज हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’