गाजा–इजरायलबीच नयाँ युद्धविराम योजना प्रस्ताव
रफाह । इजरायल र गाजाबीच युद्धविरामको लागि नयाँ वार्ता थाल्ने प्रस्ताव आएको छ ।
गाजामा युद्ध अन्त्य गर्न कतार र इजिप्टका मध्यस्थकर्ताहरूले नयाँ वार्ता प्रस्ताव अगाडि सारेको एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले भनेको बीबीसीले समाचार छापेको छ । ती अधिकारीका अनुसार युद्धविराम ५ देखि ७ वर्षसम्म चल्नेछ ।
यसमा इजरायली जेलमा रहेका सबै प्यालेस्टिनी बन्दीको रिहाइवापत हमासले आफ्नो कब्जामा रहेका सबै इजरायली बन्दीलाई रिहा गर्ने, युद्धलाई औपचारिक रुपमै अन्त्य गर्ने र गाजाबाट इजरायलको पूर्ण फिर्ती हुने भनिएको छ । यसमाथि परामर्श गर्न हमासका वरिष्ठ प्रतिनिधिमण्डल कायरो जाँदैछन् ।
इजरालले गाजामा बमबारी सुरु गरेपछि पछिल्लो युद्धविराम भंग भएको थियो । युद्धविराम कायम गर्न नसकेको भनेर दुवै पक्षले एक अर्कामाथि आरोप लगाइरहेका छन् ।
मध्यस्थकर्ताहरूको यस योजनामाथि इजरायलले कुनै टिप्पणी गरेको छैन । सोमबार साँझयता इजरायलले गरेको आक्रमणमा परेर गाजापट्टीमा २२ जना प्यालेस्टिनीको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण