बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी

बाँके । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले भूमिहीन दलित र सुकम्वासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरणको तयारी गरेको छ ।
मङ्गलवार नेपालगञ्जमा बसेको सर्वदलीय बैठकबाट यही वैशाख २० गते भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई तयार पारिएका जग्गाधनी प्रमाण पूर्जा कोहलपुर नगरपालिका वडा नम्बर १ बाट वितरण गर्ने निर्णय गरिएको आयोगका जिल्ला अध्यक्ष घननाथ खनालले जानकारी दिए ।
‘सर्वदलीय वैठकबाट प्रधानमन्त्री वा विभागिय मन्त्रीको उपस्थितिमा कोहलपुर १ बाट जग्गाधनी प्रमाण पूर्जा वितरण गर्ने निर्णय भएको छ’, अध्यक्ष खनालले भने, ‘यससम्बन्धि सम्पूर्ण तयारी भइसकेको छभने भूमि समस्या समाधान आयोगदेखि सरोकारवाला सबै निकायमा जानकारी गराएका छौं ।’
विगतका आयोगबाट भएको अधुरा र अपूरा कार्यहरुको अभिलेख सम्बन्धमा नापी कार्यालय कोहलपुर, नापी कार्यालय बाँके, मालपोत कार्यालय कोहलपुर र मालपोत कार्यालय नेपालगञ्जलाई पत्रचार गरेर क्रमशः सबैतिर जग्गाधनी प्रमाण पूर्जा वितरणको तयारी भइरहेको अध्यक्ष खनालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सकसमा गृहमन्त्री, मधेसमा कांग्रेसको आँखा
-
हजुरबुबा ज्ञानेन्द्रसँगै किन नारायणहिटी पुगे हृदयेन्द्र शाह ?
-
तीनै तहको अदालतबाट मुद्दा जिते पनि घरमा बस्न नपाएपछि गुहारे गृहमन्त्री
-
श्रेयस र स्टोइनिसको विस्फोटक ब्याटिङ, दिल्लीसामु २ सय ७ रनको लक्ष्य
-
एमालेका सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न
-
सर्वोच्चको निर्णय मान्छौँ, पार्टी सभापति रवि नै हुन् : उपसभापति वाग्ले