बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

शंखरापुरमा पत्नीको हत्या गरेर भागेका आरोपी पक्राउ

बुधबार, १० वैशाख २०८२, ०८ : ०३
बुधबार, १० वैशाख २०८२

काठमाडौँ । काठमाडौँको शंखरापुरमा पत्नीको हत्या गरेर भागेका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–७ घर भएका ५८ वर्षीय पदमबहादुर तामाङ छन् । 

उनलाई नुवाकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।

वैशाख ७ मा शंखरापुर–९ स्थित सानागाउँमा उनले पुतली तामाङको हत्या गरेका हुन् । सिन्धुली माइती भएर आफ्ना दुई बच्चासँगै शंखरापुरमा बस्दै आएकी पुतलीसँग पदम पछिल्लो ३ महिनायता सँगै बस्दै आएका थिए । आरोपीले खुकुरीले घाँटी काटेर पुतलीको हत्या गरेका हुन् ।

उनको आक्रमणबाट मृतककी छोरी १० वर्षीय संजिता तामाङ र ११ वर्षको छारा रिदम तामाङको हात र खुट्टामा गहिरो चोट लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप