शंखरापुरमा पत्नीको हत्या गरेर भागेका आरोपी पक्राउ
बुधबार, १० वैशाख २०८२, ०८ : ०३
काठमाडौँ । काठमाडौँको शंखरापुरमा पत्नीको हत्या गरेर भागेका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–७ घर भएका ५८ वर्षीय पदमबहादुर तामाङ छन् ।
उनलाई नुवाकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।
वैशाख ७ मा शंखरापुर–९ स्थित सानागाउँमा उनले पुतली तामाङको हत्या गरेका हुन् । सिन्धुली माइती भएर आफ्ना दुई बच्चासँगै शंखरापुरमा बस्दै आएकी पुतलीसँग पदम पछिल्लो ३ महिनायता सँगै बस्दै आएका थिए । आरोपीले खुकुरीले घाँटी काटेर पुतलीको हत्या गरेका हुन् ।
उनको आक्रमणबाट मृतककी छोरी १० वर्षीय संजिता तामाङ र ११ वर्षको छारा रिदम तामाङको हात र खुट्टामा गहिरो चोट लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी सरकारको बजेट ७० प्रतिशत हाराहारी खर्च
-
दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई दिनुहुन्न यी ६ खानेकुरा
-
विश्वकपबाट बाहिरिएपछि कोलम्बियाका जामिन्टोन काम्पाजलाई ज्यान मार्ने धम्की
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
-
बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण