रौतहट सशस्त्र प्रहरीको स्थापना दिवसमा रक्तदान
बुधबार, १० वैशाख २०८२, १२ : ३१
रौतहट । रौतहट स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेड क्वाटर रौतहट स्थित कार्यरत जवान तथा अधिकृतहरूले रक्तदान गरेका छन्।
सशस्त्र प्रहरी बल रौतहटको '१८ औ स्थापना दिवस-२०८२' को अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं। ११ गण रौतहटको आयोजनामा रक्तदानको आयोजना गरिएको हो।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कार्यालय गौर रौतहटको समन्वय एवं सहकार्यमा गण परिसर भित्र आयोजित रक्तदान कार्यक्रममा २८ सशस्त्र प्रहरी कर्मचारीहरूबाट रक्तदान भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतले बताएका छन्।
उक्त रक्तदान कार्यक्रममा रौतहट जिल्लामा कार्यरत सशस्त्र प्रहरी तथा कर्मचारीको सहभागिता रहेको सशस्त्र प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण