पुटिनले ट्रम्पलाई उपहारमा पठाएका थिए यो तस्बिर

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अघिल्लो महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एउटा रहस्यमयी तस्बिर उपहार पठाएका थिए । मस्को भ्रमणमा गएका ट्रम्पका विशेष दूत स्टिभ विट्कफको हातमा पुटिनले एउटा तस्बिर उपहार पठाएका थिए ।
विट्कफले एउटा अन्तरवार्तामा यसलाई शीर्ष रुसी कलाकारले बनाएको एउटा सुन्दर तस्बिर भनेका थिए । उक्त तस्बिर देखेर ट्रम्प भक्कानिएको पनि उनले बताएका थिए ।
तर सो तस्बिरलाई सार्वजनिक भने गरिएको थिएन । तर उक्त तस्बिर बनाएका कलाकार निकास साफ्रोनोभले त्यो तस्बिर आफूलाई देखाएको भन्दै सीएनएनले समाचार छापेको छ ।
यसमा २०२४ को जुलाईमा पेन्सिल्भेनियामा चुनावी अभियानका क्रममा ट्रम्पको हत्या प्रयास पछि रक्ताम्मे बनेका ट्रम्पले मुठ्ठी उठाइरहेको क्षणलाई कैद गरिएको छ । यो कुराको पुष्टि रुसले पनि गरेको छ । तस्बिरमा रगत, दाग र ट्रम्पको निडरता देखाउनु आफ्नो जारी अहम् भएको साफ्रोनोभले सीएनएनलाई भनेका छन् ।
‘आफूमाथि ज्यान मार्ने प्रयास हुँदा पनि ट्रम्पले न त घुँडा टेके न त उनी डराए । बरु उल्टै आफू अमेरिकासँग एकाकार छुँ भनेर देखाउने मुठ्ठी उठाए अनि अमेरिका जेको लागि लायक छ, त्यसलाई फिर्ता ल्याउँछु भनेर सङ्केत पनि गरे,’ उनले बताए ।
यो तस्बिर बनाउने क्रममा साफ्रोनोभले केही प्रत्यक्षदर्शीलाई भेटेका समेत थिए । यो तस्बिरका लागि पुटिन आफैँले पनि साफ्रोनोभसँग कुरा गरेका थिए । तस्बिर अमेरिकासँग रुसको सम्बन्ध सुधार्न महत्त्वपूर्ण पहल भएको उनलाई भनिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमालेले बोलायो संसदीय दलको बैठक
-
नीति तथा कार्यक्रम : ११ वटा ऐन तर्जुमाको लक्ष्य
-
आन्दोलन गरेको भन्दै आवासीय चिकित्सकहरुलाई कलेज प्रवेशमा रोक
-
चौथाइवाले ढुक्क भएर फर्किए स्वदेश, मुख्य चासो भारतको सुरक्षा
-
व्यवस्था बदलियो, अवस्था बदलिएन : उपेन्द्र यादव
-
महिला फुटबल टिमले महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ : मेयर लामा