ओलीमा एक प्रकारले हतास मनस्थिति देखिएको छ : अग्नि सापकोटा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले केपी ओली नेतृत्वको सरकारलाई निभ्न लागेको दियोको संज्ञा दिएका छन् । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा सापकोटाले गुम्न लागेको साखलाई जोगाउन प्रधानमन्त्री ओलीले विभिन्न उटपट्याङ काम गरिरहेको आरोप लगाए ।
‘गुम्न लागेको साखलाई जोगाउन प्रधानमन्त्री ओलीले अनेक गरिरहेका छन् । एक प्रकारले हतास मनस्थिति देखिएको छ । निब्दै गरेको बत्ती हो कि जस्तो देखिएको छ । विपक्षीलाई त पहिलेदेखि नै गाली गरिरहनुभएको थियो । तर पछिल्लो समय पार्टीका नेताहरूसँग पनि रिसाइरहनुभएको छ’, उनले भने ।
माओवादीलाई कतै न कतै बदनाम गर्न सकिन्छ कि भनेर ओलीले उटपट्याङ काम गरिरहेको भए पनि आफूहरू स्पष्ट एजेन्डा लिएर जनतामा गएको जिकिर गरे । साथै राजतन्त्र कस्तो हुँदोरहेछ भन्ने कुरा चैत १५ गते राजावादीको तीनकुनेमा भएको घटनाले युवा पुस्तालाई स्पष्ट पारेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण