शनिबार, २७ वैशाख २०८२
ताजा लोकप्रिय

अमेरिकी डलरसहित भारतीय नागरिक पक्राउ

बुधबार, १० वैशाख २०८२, १८ : १५
बुधबार, १० वैशाख २०८२

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित भारतीय नागरिक पक्राउ परेकी छन् ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट ४० वर्षीया सोनी गुरुङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले ६० हजार १ सय अमेरिकी डलर बरामद गरेको छ । इन्डिगो एयरको उडानद्वारा काठमाडौँबाट दिल्ली जान लागेकी उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको सुटकेसबाट उक्त अमेरिकी डलर फेला पारी पक्राउ गरेको हो ।  

उनलाई आवश्यक अनुसन्धान एवम् कानुनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप