आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

डान्सबारमा बालिका बेच्ने पक्राउ

बुधबार, १० वैशाख २०८२, १८ : १९
बुधबार, १० वैशाख २०८२

काठमाडौँ । मानव बेचबिखनमा संलग्न रही फरार रहेका एक जनालाई प्रहरीले पक्राउ परेको छ । काठमाडौँ महानगरपालिका-२६ ठमेल बस्ने ओखलढुंगा चम्पादेवी गाउँपालिका-१ घर भएका ३० वर्षीय आशिष परियार नेपाली भन्ने आशिष नेपालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार नेपालले पीडित बालिकालाई २०७० फागुन ११ गते चीनको खासास्थित छिरिङ डान्सबारमा लगी १८ हजार रुपैयाँमा बेचबिखन गरेका थिए । 

घटनापछि फरार रहेका उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले बबरमहलबाट पक्राउ गरेको हो ।

उनी उपर काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप