दुर्गा प्रसाईं र रवीन्द्र मिश्र सहित २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र रवीन्द्र मिश्र सहितका २४ जनालाई अदालतले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । न्यायाधीश ध्रुवराज कार्कीको इजलासले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
राज्य विरुद्धको कसुरमा अनुसन्धान भइरहेका उनिहरुलाई यसअघि चैत २६ मा काठमाडौं जिल्ला अदालतले १५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
तीनकुनेमा आयोजित पुर्वराजा समर्थकहरुको प्रदर्शनमा अवान्छित गतिविधि गरेको आरोपमा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक प्रसाईं समेतलाई राज्य विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।
सो मुद्दामा अनुसन्धान हुँदाहुँदै क्यान्सरको उपचार गर्ने प्रयोजनार्थ राप्रपाका महामन्त्री धवल शमशेर जबरा रिहा भएका छन् ।
राज्य विरुद्धको कसुरमा म्याद थप हुनेहरुमा पुस्कर खतिवडा, गोपाल मल्ल, मुनिन्द्र राज भण्डारी, गोपिकृष्ण खड्का, सन्तोष चौधरी, रामकुकमार धिमाल, पशुपति खड्का, हरिहर चौलागाईं, विष्णु पराजुली, तेजेन्द्र रायमाझी, सन्तोष कुमार सिलवाल, सरोज गौतम, गोकर्ण शाही र दुर्गा प्रसाईंका सहयोगी दीपक खड्का लगायत २४ जना छन् ।
प्रसाईंलाई पत्रकार सुरेश रजकको हत्या गरेको आरोपमा ज्यान सम्बन्धी कसुरमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
अनवरत तत्पर फौज (एटिएफ)मा आबद्ध रामेछापको सुनापति घर भएका सरोज गौतम र अछामको पञ्चदेवल नगरपालिका–५ घर भएका गोकर्ण शाहीलाई पनि प्रहरीले ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण