आईपीएल : मुम्बईले शान बढाउँदा, हैदरावादको हरिविजोग
हैदराबाद । इन्डियन प्रिमियर लिग 'आईपीएल' क्रिकेटमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादविरुद्ध शानदार जित निकालेको छ । ४१ औं खेलमा मुम्बईले २६ वल बाँकी छँदै जम्मा तीन विकेटको क्षतिमा ७ विकेतको जित हासिल गरेको हो ।
यो जितसँगै मुम्बईले ९ खेलबाट १० अंक जोडेर आफुलाई तेस्रो स्थानमा उभ्याएको छ । लगातार हार व्यहोरिरहेको सनराइजर्स भने अंक तालिकाको पुछारतिर ९ औं स्थानमा थकेलिएको छ । हालसम्म दुई खेल मात्रै जितेको हैदरावादको ४ अंक मात्रै छ ।
राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर मुम्बईले फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको सनराइजर्सले जितका लागि १४४ रनको चुनौति पेश गरेको थियो । जुन मुम्बईले २६ बल बाँकी छँदै अर्थात् जम्मा १५ ओभर ४ बलमा पार गर्यो ।
मुम्बईका लागि रोहित शर्मा एक्लैले ७० रन बनाए । ४६ बल खर्चिएका उनले ६९ मेडन राख्दै ८ चौका र ३ छक्का हिर्काए । सूर्यकुमार यादवले अविजित ४० रन बनाए । भने ओपनर रयान रिकेलटन ११ रनमा आउट भएका थिए । सनराइजर्सका ईशान मलिंगा र जीशान अन्सारीले एक-एक विकेट हात पारे ।
मुम्बईसँग अतिकमजोर सावित भइरहेको सनराइजर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनाएको थियो । जहाँ ३५ रनमा ५ विकेट गुमाएर खराब अवस्थाबाट गुज्रिएको टोलीलाई हेनरिच क्लासनले लयमा ल्याए । पाँचौं विकेटका लागि उनले ४४ बलमा ७१ रनको शानदार पाली खेले । ९ चौका र २ छक्का प्रहार गरेका उनी १९ औँ ओभरमा जसप्रित बुमराहको धरापमा परे ।
अभिनव मनोहरले ४३ रनको महत्त्वपूर्ण योगदान दिए । क्लासनसँग शतकीय साझेदारीबाट मात्र १ रनले चुक्दा उनले ३७ बलमा २ चौका र ३ छक्का प्रहार गरे । ट्राफिस हेड, अभिषेक शर्मा, ईशान किसन र नितिश कुमार रेड्डीले दोहोरो अंकमा रन जोड्न सकेनन् । अनिकेत वर्मा पनि १२ रन बनाएर पभेलियन फर्किए ।
मुम्बईका लागि ट्रेन्ट बोल्ट एक्लैले ४ विकेट लिए । उनले ओभर बलिङ गर्दै २६ रन खर्चिएर ४ विकेट हासिल गरेका हुन् । दीपक चहरले ४ ओभरमा मात्र १२ रन खर्चेर २ विकेट लिए । जसप्रित बुमराह र हार्दिक पाण्ड्याले एक-एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा ब्राजिल विरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण