पहलगाम हमला
भारतद्वारा सुदीपको शव हस्तान्तरण
बिहीबार, ११ वैशाख २०८२, ०७ : ३८

बुटवल । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपानेको शव भारतीय पक्षले नेपाली प्रशासनको रोहवरका परिवारलाई जिम्मा लगाएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बाबुदेव घिमिरेले सुनौलीमा बिहीबार बिहान प्रशासन कार्यालय रुपन्देहीको रोहबरमा मृतकका मामा महाश्रम पाण्डेले शव बुझेको रातोपाटीलाई बताए । उनले भने,‘आज बिहान हाम्रो रोहवरमा भारतीय पक्षले शवलाई परिवारको जिम्मा लगाएको हो ।’
बुटवल उपमहानगरपालिका–११ होराइजन टोलका २७ वर्षीय सुदीप केही दिनअघि आमा, दिदी र भिनाजुसँग भारतको पारिवारिक भ्रमणमा गएका थिए । उनलाई मंगलबार कश्मीरमा आतंककारीले गोली हानी हत्या गरेको थियो ।
बुटवल उपमहानगरपालिका–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले अहिले शव बुटवलको कालिका नगरमा ल्याउने तयारी भएको रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाको प्रभाव : यी क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना
-
मनमोहन अधिकारीले शिलान्यास गरेको सडक ३१ वर्षपछि कालोपत्रे हुँदै
-
सोमबार कुन राशिका लागि शुभ ?
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु