मंगलटार इलाका प्रहरी कार्यालयमा पुस्तकालय
काठमाडौँ । काभ्रेको मंगलटारस्थित इलाका प्रहरी कार्यालयमा पुस्तकालय स्थापना गरिएको छ । सेवा लिन आउनेहरूलाई आफ्नो काम पुरा नहुन्जेल अध्ययन गर्ने संस्कृति विकाश गर्न पुस्तकालय स्थापना गरिएको इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरीले बताए ।
लाइब्रेरी सहितको ‘मल्टिपर्पोज हल’मा विश्व साहित्य, धार्मिक, कानुन र प्रहरीको प्रकाशन पुस्तकालयमा राखिएको छ । पुस्तकालय स्थापना गरेसँगै कक्षा १२ को परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरू पनि त्यहाँ गएर परीक्षाको तयारी गर्ने गरेका छन् । विद्यार्थीलाई लक्षित गरेर अध्ययनको क्रममा डिजिटल माध्यमबाट गुगलमा सामग्री खोज्न चाहनेहरूलाई प्रहरीले लाइब्रेरी हलमा कम्प्युटर पनि जडान गरिदिएको छ ।
विभिन्न स्रोतबाट सङ्कलन गरिएको पुस्तकहरूलाई कार्यालयको अभिलेखमा राखिएको इन्स्पेक्टर गिरीले जानकारी दिए । प्रधान कार्यालयले देशभरका युनिटमा पुस्तकालय स्थापना गर्ने नीति लिएसँगै प्रहरी कार्यालयहरूमा धमाधम पुस्तकालय स्थापना गरिँदै छ ।
२०८१ असोज १०, ११ र १२ मा आएको रोशीको बाढीले मंगलटारमा र आसपासको बिपी हाइवे क्षेत्रमा ठुलो क्षति पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण